

जन गणतन्त्र चीन स्थापनाको ७१औं वार्षिकोत्सवको उपलक्ष्यमा सेप्टेम्बर ३० तारिख बेलुका चाइना मिडिया ग्रुपले "चिनियाँ सपना, मातृभूमिको प्रशंसा" विषयक सांगितिक गालाको आयोजना गरेको छ। सो सांगितिक गालामा प्रशस्त उत्कृष्ट अभिनेता-अभिनेत्री र विभिन्न क्षेत्रका उन्नतिशील प्रतिनिधिहरुले नाचगान, कथा र रचनात्मक प्रदर्शन लगायत कार्यक्रमको तरिकामार्फत विभिन्न क्षेत्रमा मेहनतपूर्वक काम गर्ने मानिसहरुलाई हार्दिक अभिवादन गरेका छन्।


कार्यक्रमहरुमा "मेरो मातृभूमि", "जन्म दिवस" लगायत गीतहरु, अल्पसंख्यक जातिको नाचगान "राम्रा छोराछोरी , राम्रा घरबार" समावेश थिए। चीनका हङकङ, मकाउ र थाइवानका अभिनेता-अभिनेत्रीहरुले "संरक्षण" शीर्षकमा गीत गाउँदै "मातृभूमिको संरक्षण गर्ने"अठोट गरेका थिए।