फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिडका कारण निकै कमजोर बनेको राजस्व सङ्कलन र परिचालनको अवस्थामामा सुधार आउँदै

(GMT+08:00) 2020-10-03 19:41:43
कोभिड सङ्क्रमणका कारण निकै कमजोर बनेको राजस्व सङ्कलन र परिचालनको अवस्थामा पछिल्लो समय सुधार आएको छ। कोरोना रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो हुँदै गएपछि बढेको आर्थिक गतिविधिका कारण राजस्व सङ्कलन सामान्य लयमा फर्किएको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असोजयता दैनिक दुई अर्ब नजिक राजस्व सङ्कलन हुँदै आएको छ । बिहीबार मात्रै एक अर्ब ९५ करोड ५७ लाख राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । चालू आर्थिक वर्ष २०७७÷७८ को साढे दुई महिना बितिसक्दा कुल राजस्व सङ्कलन भने एक खर्ब २९ अर्ब २७ करोड रुपियाँ पुगेको छ । गत आवको सोही अवधिको तुलनामा यो केवल २३ अर्ब रुपियाँले मात्र कम हो । गत असोज १५ सम्म एक खर्ब ५३ अर्ब ६३ करोड रुपियाँ राजस्व सङ्कलन भएको गोरखापत्र अनलाइनमा खबर छ।

चालू आवको समीक्षा अवधिसम्म सङ्कलित कुल राजस्वमध्ये कर राजस्व एक अर्ब २४ करोड ७४ लाख रुपियाँ रहेको छ । गैरकर भने चार अर्ब ५२ करोड ८० लाख रुपियाँ सङ्कलन भएको छ । सङ्कलित राजस्व चालू आवको कुल लक्ष्यको तुलनामा १२.७८ प्रतिशत हो। सरकारले चालू आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको छ । त्यसमध्ये कर राजस्वतर्फ नौ खर्ब १२ अर्ब ९४ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिलेसम्म सङ्कलित कर राजस्व कुल लक्ष्यको १३.६६ प्रतिशत हुन आउँछ । गैरकर राजस्व भने ९८ अर्ब ८० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा समिक्षा अवधिसम्म ४.५८ प्रतिशत मात्र सङ्कलन भएको देखिन्छ ।

जानकारी तथा लेखहरु