फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाङढुङ्गा-सिस्नेखोला सुरुङ निर्माण अर्को साताबाट

(GMT+08:00) 2020-10-08 16:47:28

कामदार अभाव र लकडाउनका कारण निर्माण कार्य सुस्ताएको नागढुंगा-धादिङको सिस्ने खोला जोड्ने सुरुङमार्गले अर्को साताबाट पूर्ण रुपमा गति लिने भएको छ। जापानबाट प्राविधिकसहितको टोली आएसँगै निर्माण कार्यले गति लिने भएको कारोबार अनलाइनले लेखेको छ। सुरुङमार्ग खन्नको लागि निर्माणस्थलसम्म पहुँच मार्ग, खोलामा बेग्लै कल्भर्ट बनाउने काम भइरहेको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताउनुभयो। उहाँले भन्नुभयो, "तोकिएभन्दा करिब साढे ३ महिना ढिलो काम सुरु भए पनि आयोजना लयमा नै छ, यसै हप्ता प्राविधिकसहितको जापानी टोली आएसँगै सुरुङको खन्ने काम अर्का साताबाट सुरु हुनेछ।"

हाल २५० प्राविधिक जनशक्ति आयोजनास्थलमा खटिरहेका छन्। यही साता आएको जापानी टाली हाल क्वारेन्टाइनमा बसिरहेको र पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आयोजनामास्थलमा खटिने जनाइएको छ। जापानको निर्माण कम्पनी हाज्मा एन्दो करपोरेसन्सले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङ क्षेत्रमा पहिले र त्यसको दुई हप्ताको अन्तरमा काठमाडौँतर्फको भागमा पनि खन्ने काम थालिने महाशाखाका प्रमुख थापाले बताउनुभयो। सुरुङमार्ग निर्माणका लागि निर्माण सामग्री बालुवा धादिङको महादेववेसीबाट ल्याउने र ढुंगा, गिट्टीको लागि सुरुङमार्गबाट निस्किएको ढुंगा नै उपयोग गर्ने योजना रहेको छ। ड्रिलिङ एन्ड ब्लास्टिङ प्रविधिबाट निर्माण गर्ने लागिएको सुरुङमार्गको लागि होल खन्न जम्बो ड्रिल मेसिन ४ थान, लोडर मेसिन ट्रिपर लगायतका मेसिन प्रयोग हुनेछ।

सबै उपकरण आयात भइसकेको र ब्लास्टको लागि ९ सय टन विष्फोटक आवश्यक पर्नेमा ३ सय टन बाहिरबाट आयात गरिएको छ। बाँकी विष्फोटक पदार्थ खन्ने काम हुँदै गर्दा नेपाली सेनाले उत्पादन गर्दै गर्ने र पछि गुणस्तर मापन गरेर स्वदेशी विस्पोटक पदार्थ प्रयोग गर्ने योजाना अगाडि सारिएको छ। सुरुङमार्गको मुआब्जा वितरण विवाद समाधान भइसकेको छ भने केही संस्थागत विवाद भने बाँकी रहेको छ। सरकारले १ सय ९ रोपनीमध्ये ४४ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरेको थियो। जसमा ५ अर्ब रुपैयाँ मुआब्जाको लागि खर्च भइसकेको छ। थप १ अर्ब रुपैयाँ दुई इन्टर चेन्ज (फ्लाइओभर) ब्रिज सहित निर्माणका लागि बल्खुमा रहेको ४० देखि ५० घरको मुआब्जामा खर्च हुने महाशाखा प्रमुख थापाको भनाइ छ। नागढुंगा सुरुङमार्ग तथा एप्रोच सडकको निर्माणका लागि त्रिभुवन राजमार्गको काठमाडौं बलम्वुबाट सुरु भएर आकाशटोल, त्रिवेणीघाट, दहचोक, टुटीपाखा हुँदै राजमार्गको धादिङ सिस्ने खोलामा गएर राजमार्गमा जोडिने छ। जुन सुरुङमार्ग र फ्लाई ओभर नेपालको पहिलो पूर्वाधार हो।

 

जानकारी तथा लेखहरु