फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#नेपालीका आँखामा चीन# बेइजिङमा पर्वतारोहण अनुभव

(GMT+08:00) 2020-10-09 15:21:36

बेइजिङको उत्तर तथा पश्चिमी भागमा हरिया पहाड पर्वतहरू धेरै छन्। यस्ता पहाडहरूमध्येको एक हो, स्याङसान पहाड। १८८ हेक्टर क्षेत्रफलमा फैलिएको यो एउटा पहाडसहितको शाही बगैँचा पनि हो। यहाँ मन्दिर तथा पुराना प्रासादहरू पनि छन्। यस पहाडको मुख्य चुचुरो 'स्याङलु पिक' समुद्र सतहबाट ५७५ मिटरको उचाइमा रहेको छ। यहाँबाट पूरा बेङजिङ शहर हेर्नसकिन्छ। साथै यो पहाड क्षेत्रमा शरद ऋतीय रातो र पहेँलो पातयुक्त वनस्पति हेर्न पनि ओइरो लाग्ने गर्छ।

यहाँ बेइजिङवासीहरू विशेषत शरद याममा पहाड चढ्ने गरेको देखिन्छ। म पनि यो सुन्दर शारदीय मौसमलाई पछ्याउँदै स्याङसान चढ्न गएको छु। औसत रूपमा दुईदेखि तीन घण्टामा चढ्नसकिने यो पहाड चढ्न भने मलाई हम्मेहम्मे नै भयो। यस पहाड र चढाइको क्रम तथा यहाँबाट देखिने बेइजिङ शहरको दृश्य यस भिडियोमा पस्केको छु।

Video by #AjayaAloukik

जानकारी तथा लेखहरु