फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुलेखानीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गरिने

(GMT+08:00) 2020-10-09 16:01:25

चाडपर्वलाई ध्यानमा राखी कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक १०६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ। चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर १०६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् प्रथम आयोजनाले जनाएको नेपाल समाज अनलाइनले लेखेको छ।

वाग्मती प्रदेशको मकवानपुरमा स्थापित आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कूल १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार, आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिनुभयो।

नेपाल विद्युत् प्राधिकरणले मौसम अनुसारको विद्युतमा खपत घटबढ् भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेकाले अबदेखि पूर्ण क्षमता अनुसार विद्युत् उत्पादन हुने पनि आयोजना प्रमुख चौधरीले जानकारी दिनुभयो।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित इन्द्रसरोवर जलाशयमा असोज असोज २२ गते अपराह्न ३ बजेसम्ममा १५२६.५६ सेन्टीमिटर पानीको सतह रहेको भएपनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले जानकारी दिनुभयो।

 

जानकारी तथा लेखहरु