
अमेरिकी राष्ट्रिय ब्राडकास्टिङ कम्पनी (सीएनबीसी)ले अक्टोबर ५ तारिख एक रिपोर्ट सार्वजनिक गर्दै विश्वको सबैभन्दा ठूलो स्वतन्त्र सम्पत्ति प्रबन्ध समूहमध्ये एक, इन्भेस्को लगानीले महामारीबाट चीनको आर्थिक सुधारले छिमेकी एसियाली देशहरूको अर्थतन्त्रमा बृद्धि गर्न सहयोग पुर्याउने व्यक्त गरेको छ।
इन्भेस्को लगानीको एसिया प्रशान्त बजार रणनीतिकार डेभिड चाओले सीएनबीसीसँगको अन्तर्वार्तामा चीनको आर्थिक पुनःरुत्थान बलियो रहेको र छिमेकी एसियाली देशहरूको अर्थतन्त्रले पनि लाभ प्राप्त गर्ने बताउनुभयो।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार गत सेप्टेम्बर महिनामा चीनको निर्माण उद्योगको क्रय प्रबन्धक सूचकांक (पीएमआई) ५१.५ प्रतिशत रहेको छ। यो अगस्टदेखि ०.५ प्रतिशतले बृद्धि भएको हो। सीएनबीसीले चीनको अर्थतन्त्रमा सुधार जारी रहेको जनाएको छ।
बेलायत ब्राडकास्टि कम्पनी (बीबीसी)ले रिपोर्ट गर्दै "अक्टोबर एक" सुनौलो हप्ताको अवधिमा चीनको घरेलु पर्यटन महामारी अघिको स्तरमा फर्कने अपेक्षा गरेको छ।