चालू वर्षको आरम्भमा विश्वमा कोरोना भाइरस महामारी देखा परेको छ। तथापि राष्ट्राध्यक्ष सीको नेपालको भ्रमणको एक वर्षयता चीन र नेपाल बीचको सहयोग महामारीको अवरोधमा पनि अघि बढेको छ। चालू वर्षको अप्रिल २७ तारिख, राष्ट्राध्यक्ष सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन वार्ता पनि गर्नुभएको थियो। सीका अनुसार, चीनले कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने निर्णायक अवस्थामा नेपाल सरकार र नेपाली जनताले चीनलाई दृढताका साथ समर्थन दिएको थियो। जसबाट चिनियाँ जनताप्रति नेपाली जनताको गहिरो मित्रता देखाइएको छ। यसका साथै नेपालमा महामारीको पछिल्लो स्थितिलाई चीनले ध्यान दिनुका साथै नेपाललाई समर्थन र सहयोग पुर्याइरहेको छ। चालू वर्षको अगष्ट १ तारिख चीन र नेपाल बीचको दौत्य सम्बन्ध स्थापना भएको ६५ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्राध्यक्ष सी र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले एक-अर्कालाई बधाई सन्देश पनि पठाउनुभएको थियो।
1 2 3