फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको एक वर्ष

(GMT+08:00) 2020-10-12 15:53:28

सन् २०१९ को अक्टोबर महिनामा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको ऐतिहासिक भ्रमणको एक वर्ष पूरा भएको छ। थुप्रै सहमति र सम्झौता भएको सो भ्रमणलाई भूराजनीति, नेपालको आन्तरिक राजनीति र दुईपक्षीय सहकार्यको हिसाबले दीर्घकालीन महत्वको मानिएको थियो।

भ्रमणका क्रममा दुवै देशले संयुक्तरुपमा १४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए भने २० वटा समझदारीपत्र/सम्झौतामा हास्ताक्षर भएको थियो । संयुक्त विज्ञप्ति र समझदारीपत्रका केही बुँदाहरु कार्यान्वयन भएका छन् भने केहीमा प्रगति भएको छैन। भ्रमणपछिका सुरुवाती महिनामा सम्झौता र सहमतिको कार्यान्वयनमा केही उत्साहजनक उपलब्धि देखिए पनि कोरोना कहरसँगै कार्यान्वयनमा शिथिलता आयो । यद्यपि तस्वीर पूरै निराशाजनक भने छैन, यस अवधिमा केही विषयमा प्रगति भएको छ र फिल्डमा गएर गर्ने कामहरु भने रोकिएका छन्।

अनलाइनखबरका अनुसार सीको भ्रमणपछि क्रस बोर्डर रेलवेलाई अगाडि बढाउने सम्बन्धमा केही उपलब्धिहरु भए। रेलको पूर्वसम्भाव्यता अध्ययनपछि दुवै मुलुक तीन तहको सम्भाव्यता अध्ययन गर्न सहमत भएका छन् र दुवै पक्षीच काम बाँडफाँट भइसकेको छ। सरकारी अधिकारीहरुका अनुसार फिल्डको काम केही रोकिए पनि पेपर वर्क भने भइरहेको छ। त्यसैगरी काठमाडौं–पोखरा– लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनको विषयमा समेत दुई पक्षबीच एक चरणको छलफल भएको छ। दोस्रो छलफल छिटै गर्ने सहमति भए पनि कोरोनाको कारणले रोकिएको थियो।

सीको भ्रमणको समयमा भएको अर्का सहमति भनेको सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने थियो। नेपाल र चीन दुवैले छुट्टाछुट्टै सगरमाथाको उचाइ मापनको काम सकिसकेका छन् र उचाइ घोषणाका लागि एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।

नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई कार्यान्वयन लैजाने सहमति सो भ्रमणको दौरानमा भएको थियो। सहमतिअनुसार सन् २०२० को जनवरीदेखि सो प्रोटोकल कार्यान्वयन आइसकेको छ, यद्यपि यसका केही प्राविधिक अप्ठ्याराहरु छन्।

चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेको केही महिनापछि नै संसारमा कोभिड–१९ महामारी सुरु भयो। त्यसले दुईपक्षीय सहकार्यका तत्कालीन प्राथमिकताहरुमा केही परिवर्तन ल्यायो। नेपालसँग मात्र होइन, विश्वका धेरै देशलाई औषधि, मास्कलगायतका अन्य सामाग्रीहरु उपलब्ध गराउने मात्र होइन, कोरोना महामारीको नियन्त्रणका बारेमा आफ्नो अनुभव साटासाटमा चीनकेन्द्रित रह्यो।

नेपालसँग पनि विषयहरुभन्दा कोरोनासम्बन्धी विषयहरुले प्राथमिकता पाउन थाल्यो। यसवीचमा कोरोनमा नै केन्द्रित भएर नेपाल र चीनको वीचमा आधा दर्जनभन्दा बढी भर्चुअल कुराकानी भएको छ। यस अवधिमा अन्य देशहरुको तुलनामा चीनसँग नै बढी अन्तरक्रिया भएको देखिन्छ।

जानकारी तथा लेखहरु