फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना महामारीबाट पर्यटन क्षेत्र उकास्न सार्कस्तरीय निकाय खडा गर्न सुझाव

(GMT+08:00) 2020-10-12 15:54:57

दक्षिण एसियाली मुलुकका केही पर्यटन विज्ञले कोरोना भाइरसको महामारीबाट प्रताडित पर्यटन व्यवसायलाई त्राण दिन एउटा क्षेत्रीय निकाय खडा गर्न सुझाएका छन्। देशभित्रको पर्यटन प्रवद्र्धनमा सघाउन नेपाल पर्यटन बोर्डजस्तै सार्क क्षेत्रीय पर्यटन निकाय स्थापना गर्न उनीहरूले सुझाएका हुन्।

'दक्षिण एसियाली पर्यटनमा कोभिड १९ को प्रभाव र यसको पुनरोत्थान रणनीति' विषयक भर्चुअल अन्तक्रियामा विज्ञले यस्तो बताएका हुन्। उनीहरूले क्षेत्रीय पर्यटनलाई सुदृढ गर्नु अत्यावश्यक भएको बताएको अन्नपूर्ण पोस्टमा खबर छ।

नेपालको पूर्व पर्यटनमन्त्री याङ्किला शेर्पाले सन् २०२० को पहिलो ६ महिनामा विश्व पर्यटन ६० प्रतिशतभन्दा धेरैले खुम्चिएको बताउनुभयो। उहाँले नेपालमा २६ सयभन्दा बढी ट्रेकिङ कम्पनी अहिले आर्थिक संकटमा परेको बताउनुभयो।

पर्यटकको बुद्धिस्ट सर्किटजस्ता सम्भाव्य पर्यटन बजारलाई पुनःजाग्रित गर्नुपर्ने र क्षेत्रीय स्तरमा नयाँ पर्यटन गन्तव्यको पहिचान गरेर पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो। इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टकी प्राध्यापक रुपा चन्दले पनि दक्षिण एसियाली क्षेत्रीय पर्यटन करिडोर बनाउनुपर्ने बताउनुभयो।

भुटानको पर्यटन परिषद्का महाप्रबन्धक दोर्जी ध्राधुलले दक्षिण एसियाका अन्य मुलुकलाई भुटानको पर्यटन नीति पछ्याउन आग्रह गर्नुभयो। माल्दिभ्सको बजार व्यवस्थापन कम्पनीका प्रबन्धनिर्देशक थोयिब मोहमदले श्रीलंका, माल्दिभ्सजस्ता मुलुकले 'एक टापु, एक रिसोर्ट'रणनीति लिनुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु