फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा

(GMT+08:00) 2020-10-13 16:39:06

कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ। कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिनुभयो। 'अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने भन्ने सोच्नुपर्छ, सुस्ताएको पर्यटनलाई अब विस्तारै गति दिएर आर्थिक चलायमान गराउनुको विकल्प छैन, त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर क्यानोनिङ खुला गरिएको हो', गुरुङले भन्नुभयो।

लामो समय एउटै दिनचर्यामा भएका आन्तरिक पर्यटक जो साहसिक खेलमा रुचि राख्छन् उनीहरुको चाहानालाई मध्यनजर गरेर क्यानोनिङ खुला गरेको जानकारी दिँदै उहाले क्यानोनिङका लागि आवश्यक उपकरण र स्वास्थ्य सामग्री मास्क स्यानीटाइजरको प्रबन्ध गरेर पूर्ण सुरक्षित वातावरणमा क्यानोनिङ गराइने बताउनुभयो।

अनलाइनखबरका अनुसार पोखरामा क्यानोनिङ सन् २०१४ बाट सञ्चालनमा आएको हो। पोखराको हरिचोकबाट करिब २२ किलोमिटरको दूरीमा रहेको ल्वाङघलेल गाउँको मुनि कुदी छहरामा क्यानोनिङका लागि दुईवटा ७५ र ४५ मिटर अग्ला सुन्दर झरना छन्। साहसिक खेलमा रुचि राख्ने जो शारीरिक र मानसिक रुपमा तयार छन्।

जानकारी तथा लेखहरु