फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना महामारीका कारण यथास्थानमा दशैं मनाउन सरकारले आग्रह गर्ने

(GMT+08:00) 2020-10-13 16:42:15
 सरकारले नेपालीहरुको ठूलो चाड दशैँ यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपालखबर अनलाइनमा खबर छ।

'दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,' एक मन्त्रीले भने।

सरकारले हवाइ यात्रा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार हवाइ सेवामा अहिले लागु गरिएको एकतर्फको सिटमा एक जना मात्रै यात्री रहने व्यवस्था हटाइएको हो।

तोकिएका अन्य स्वास्थ्य मापदण्ड भने कडाइका साथ पालना गर्नुपर्ने ती मन्त्रीको भनाइ छ।

जानकारी तथा लेखहरु