तेस्रो डिजिटल चीन शिखर सम्मेलन अक्टोबर बाह्र तारिख चीनको फु चेन प्रान्तीय फु चौ शहरमा शुरु भएको छ। उक्त शिखर सम्मेलन बेलामा तेस्रो डिजिटल चीन प्रदर्शनी पनि आयोजना भएको छ।
हाल फु चेन प्रान्त चीनको डिजिटल अर्थतन्त्रको निर्देशन गर्ने पक्ष हो। फु चेन प्रान्तको डिजिटल अर्थतन्त्रको योदान दरले चीनको औसत स्तरलाई उछिनेको छ। यसै शताब्दीको शुरुमा फु चेन प्रान्तले डिजिटल सुधार थालेको थियो। फु चेन प्रान्तका तत्कालीन निर्देशक सी चिन फिङले सन् २०००मा "डिजिटल फु चेन"को विचार प्रस्तुत गर्नुभएको थियो।
डिजिटल क्षेत्रमा फु चेनको उपलब्धि डिजिटल चीनको एक सूक्ष्म छवि हो। सन् २०१५ डिसेम्बर महिनामा सी चिन फिङले दोस्रो विश्व इन्टर्नेट सम्मेलनको उद्घाटन समारोहमा डिजिटल चीनको प्रस्ताव पहिलो पटकमा प्रस्तुत गर्नुभएको थियो। हाल चीनको सूचनाकरण आधारभूत प्रबन्धको प्रारम्भिक उपलब्धि देखिएको छ। सन् २०२० जुन महिनासम्म चीनमा इन्टर्नेट प्रयोगकर्ताको संख्या ९४ करोडभन्दा बढी पुगेको थियो भने विश्वको पहिलो स्थानमा रहेको छ। यसबाट चीनमा विश्वको सबैभन्दा ठूलो डिजिटल प्रविधि प्रयोग बजार भएको र चीन इन्टर्नेटको ठूलो मुलुक भएको कुरा प्रतिविम्वित भएको छ।