फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीको भनाइ

(GMT+08:00) 2020-10-15 15:48:51

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने बताउनुभएको छ। बुधबार उद्योग तथा आपूर्ती मन्त्री लेखराज भट्ट, विभिन्न मन्त्रालयका सचिव र अन्य पदाधिकारीहरुसँग नाकाको अवलोकन गरेपछि मन्त्री ज्ञवालीले सो कुरा बताउनुभएको हो।

उहाँले भन्नुभयो, 'एकीकृत जाँच चौकीको निर्माण र कालीगण्डकी करिडोर स्तरोन्नती मार्फत यसलाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिने छ र मुस्ताङका जनताको विकाससम्बन्धी वर्षौं पुरानो सपना साकार हुनेछ।' पछिल्लो समयमा नेपाल र चीनको विचमा सो नाका संचालका सम्बन्धमा छलफल भइरहेको छ।

चीनतर्फ पर्याप्त पूर्वाधारको निर्माण भएपनि नेपालतर्फ हुने अझै पनि पूर्वाधारको निर्माण भने हुन सकेको छैन । मानसरोवर जानका लागि पनि कोरला नाका प्रयोग गर्न सकिन्छ।

सरकारले नाकामा आवश्यक भन्सार, क्वारेन्टाइन, सुरक्षा चौकी लगायतका संरचना निर्माणका लागि जग्गाको व्यवस्थापन समेत गरिसकेको अनलाइनखबरमा समाचार छ।

जानकारी तथा लेखहरु