फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण

(GMT+08:00) 2020-10-15 15:50:01

बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ। बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण गरेको हो ।

आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका सन्चालक समिति सदस्य पासाङ शेर्पाले भन्नुभयो, 'बहराइनका राजकुमारसहितको टोलीले आज बिहान मनास्लु हिमाल पनि सफलतापूर्वक आरोहण गरेको छ। तर कति जना चुचुरोमा पुगे भन्ने विवरणचाहिँ आउन बाँकी छ।'

अनलाइनखबरका अनुसार पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीन जना शेर्पा मनास्लुको चुचुरोमा पुगेका छन्।

मनास्लु हिमाल संसारको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । यसको उचाइ ८ हजार १५६ मिटर छ ।

राजकुमार मोहमद हमदको टोलीले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल पनि आरोहण गरेको थियो।

१५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो। आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक प्रालिले मिलाएको छ। मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोली छ ।

बहराइनको राजकुमारसहितको यो टोली आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमासमेत रहेको सेभेन समिट ट्रेकले जनाएको छ।

जानकारी तथा लेखहरु