फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज विश्व हात धुने दिवस, राष्ट्रपतिको शुभकामना

(GMT+08:00) 2020-10-15 15:50:28

आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको छ । यस वर्ष 'हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ' भन्ने नाराका साथ दिवस मनाइँदैछ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ को विस्तार र संक्रमण रोक्न हातको स्वच्छता हुनुपर्छ भन्ने सन्देश नागरिकसम्म पुर्याउनु अपरिहार्य भएको बताउनुभएको छ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले 'कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको उल्लेख गर्नुभयो। साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

जानकारी तथा लेखहरु