फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ र इक्वेटोरियल गुयनाका राष्ट्रपतिबीच दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएको ५०औं वार्षिकोत्सवमा बधाई साटासाट

(GMT+08:00) 2020-10-15 16:07:17

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर १५ तारिख इक्वेटोरियल गुयनाका राष्ट्रपति टोडोरो ओबिआङ न्युएमा मबासोगोसँग दुई मुलुकको दौत्य सम्बन्धको स्थापना भएको ५०औं वार्षिकोत्सवमा बधाई सन्देश साटासाट गर्नुभएको छ।

बधाई सन्देशमा सीले कोरोना भाइरस महामारी भएयता चीनले इक्वेटोरियल गुयना लगायतका अफ्रिकी मुलुकहरूसँग महामारीको संयुक्त रुपमा प्रतिरोध गरेको र जनताको स्वास्थ्यको संरक्षण गरेको कुरा बताउनुभयो। सीले चीनले दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवलाई मौकाको रुपमा अपनाएर राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्ने, "बेल्ट एण्ड रोड" र चीन-अफ्रिका सहयोग मञ्च प्रारुपभित्रको व्यवहारिक सहयोगलाई सबल पार्ने, दुई मुलुकको सम्बन्धलाई नयाँ भर्‍यांग चढ्न अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।

ओबिआङले बधाई सन्देशमा इक्वेटोरियल गुयनाले दुई मुलुकको सम्बन्धको विकासप्रति सन्तुष्टी व्यक्त गरेको भन्दै चीनसँग मिलेर सहयोगलाई विस्तार गर्ने र दुई मुलुकको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ पार्ने आशा लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु