फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व अर्थतन्त्रको पुनरुत्थान शुरु, संकट पार गर्न आपसी सहयोगमा आई.एम.एफ.का महाप्रबन्धकको जोड

(GMT+08:00) 2020-10-15 16:07:50

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आई.एम.एफ.का महाप्रबन्धक क्रिस्टालिना गेर्गिवाले स्थानीय समयबमोजिम अक्टोबर १४ तारिख आई.एम.एफ.को वार्षिक सम्मेलनमा हाल विश्व अर्थतन्त्र संकटबाट पुनरुत्थान हुँदैआएको बताउँदै विभिन्न मुलुकले आपसी सहयोग गर्नुपर्ने र संकटबाट संयुक्त रुपमा पार हुनुपर्ने कुरा बताउनुभएको छ।

उहाँले सोही दिन भिडियोमार्फत आई.एम.एफ.को शरद ऋतुको वार्षिक सम्मेलनको पत्रकार सम्मेलनमा उपस्थित हुँदै कोरोना भाइरस महामारी संकटसितको लडाई नौ महिनासम्म चलेको, महामारीबाट १० लाख जनाको मृत्यु भएको साथै महामारीले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको कुरा बताउनुभयो।

उहाँकाअनुसार, आई.एम.एफ.ले सन् २०२१मा विश्व अर्थतन्त्रमा ५.२प्रतिशतले वृद्धि हुने तर आर्थिक पुनरुत्थान आंशिक र असन्तुलित हुने छ।

गेर्गिवाले सशक्त अन्तर्राष्ट्रिय सहयोग संकटबाट पार पाउन खास गरी खोपको अनुसन्धान तथा वितरण क्षेत्रमा निकै महत्वपूर्ण भएको भन्दै चिकित्सा क्षेत्रको प्रगतिले आर्थिक पुनरुत्थानलाई गति दिने बताउनुभयो।

जानकारी तथा लेखहरु