फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् २०१९ विश्वको डिजिटल अर्थतन्त्र परिमाण श्रेणीकरणमा अमेरिका पहिलो स्थान, चीन दोस्रो स्थान

(GMT+08:00) 2020-10-15 16:36:52
अक्टोबर १४ तारिख चीन अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रदर्शनी२०२०मा सार्वजनिक भएको एक प्रतिवेदनअनुसार, सन् २०१९ डिजिटल अर्थतन्त्र परिमाणको वर्गकरणमा अमेरिका पहिलो स्थान र चीन दोस्रो स्थानमा रहेका छन्।

डिजिटल अर्थतन्त्रको परिमाणबाट हेर्दा अमेरिका विश्वको अग्रस्थानमा रहेको छ। सन् २०१९मा अमेरिकाको डिजिटल अर्थतन्त्र १३१ खर्ब अमेरिकी डलर पुगेको थियो। चीन दोस्रो स्थानमा रहेको छ। चीनको डिजिटल अर्थतन्त्र ५२ खर्ब अमेरिकी डलर पुगेको थियो। जर्मनी, जापान, बेलायत बेग्ला-बेग्लै रुपमा तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन्।

चीनको सूचना तथा सञ्चार अनुसन्धान प्रतिष्ठानका प्रमुख लिउ तोले डिजिटल अर्थतन्त्रको विकास विभिन्न मुलुकले अर्थतन्त्रलाई पुनरुत्थान गर्न अगाडि बढाउने कदम हो र विश्वको आर्थिक वृद्धिको शक्ति बनिसकेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु