फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जारी सिजनमा नेपाली पर्वतारोहणमा दोश्रो सफलता

(GMT+08:00) 2020-10-16 16:19:34

आरोहणको जारी सिजनमा नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन बिभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।

खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ । सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो । आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो।

अनलाइनखबरका अनुसार जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो।

यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो । बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो । सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो ।

जानकारी तथा लेखहरु