फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले पाँच दिनमा ९० लाखको परीक्षण पूरा गर्नु अमेरिकाका लागि असंभाव्यः अमेरिकी विज्ञ

(GMT+08:00) 2020-10-16 16:42:52

हाल चीनको छिङ ताउ शहरले कोरोना भाइरसका बाह्र जना संक्रमित

भएको फेला परेपछि पाँच दिनभित्र समस्त शहरका ९० लाख नागरिकको परीक्षण गर्ने योजना बनाएको छ। अमेरिकी खाद्य तथा औषधी अनुगमन तथा व्यवस्थापन व्यूरोका पूर्व निर्देशक स्कोट गोटलिबले स्थानीय समयबमोजिम अक्टोर १३ तारिख अमेरिकी उपभोक्ता समाचार तथा व्यापार च्यानललाई अन्तर्वार्ता दिँदै चीनले महामारी फेरि फैलिनबाट सफलताका साथ जोगाएको, अमेरिकाले यस्तो कुरा गर्न नसक्ने, र अमेरिकाले उक्त कार्य पूरा गर्ने क्षमता पनि नरहेको टिप्पणी गर्नुभएको छ।

चीन सरकारले छिङ ताउमा भएको कोरोना भाइरस महामारीप्रति तीव्र रुपमा प्रतिक्रिया जनाएको छ। विदेशी सञ्चार-माध्यमहरूले यसको प्रशंसा गरेका छन्।

अमेरिकी सीएनएनले जनाएअनुसार, छिङ ताउका बाह्र संक्रमित भएकाहरूप्रति सम्बन्धित विभागद्वारा उच्च महत्व दिइएको छ। चीन सरकारले पैचिङको सफल कदम चालेर छोटो समयमा छिङ ताउका ९० लाख जना नागरिकलाई परीक्षण गरेको छ।

बीबीसीले चीनले महामारीलाई नियन्त्रण गर्ने क्षमता रहेको कुरा जनाएको छ।

"द जापान टाइम्स"ले चीनले भाइरसबारे गम्भीर नियन्त्रणका कदम चालेको कुराको प्रशंसा गरेको छ।

जानकारी तथा लेखहरु