फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी विश्वका पाँच सय शक्तिशाली उद्योग व्यवसायको संख्या पहिलेकै जत्ति

(GMT+08:00) 2020-10-16 16:57:09

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले अक्टोबर १५ तारिख तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको विभिन्न तयारी कार्य सुचारु रुपमा चलिरहेको जानकारी दिँदै चालू वर्षको प्रदर्शनीको क्षेत्रफल गत वर्षभन्दा ठूलो भएको र विश्वका पाँच सय शक्तिशाली उद्योग-व्यसायहरूको संख्या पहिलेको परिमाण जत्तिकै पुगेको कुरा बताउनुभएको छ।

काउ फङले सोही दिन आयोजित इन्टर्नेट पत्रकार सम्मेलनमा यस पटकको एक्स्पोमा खाद्यान्न, कृषि उपज, मोटर गाडी, प्रविधि तथा उपकरण, उपभोग्य वस्तु, चिकित्सा उपकरण तथा ‌औषधी, सेवा व्यापार गरी छ वटा प्रदर्शनी क्षेत्र समावेश हुने कुरा बताउनुभयो।

काउ फङले महामारीको सामान्यीकरणको रोकथाम तथा नियन्त्रण अवस्थामा तेस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोले सुरक्षालाई पहिलो स्थानमा राख्ने, सुरक्षित, अद्भूत, फलदायक एक्स्पोको आयोजना गर्न प्रत्याभूति गर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु