फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको विशेष आर्थिक क्षेत्रको विकास विश्व आर्थिक जगतमा पुनरूत्थानका लागि थप शक्ति

(GMT+08:00) 2020-10-16 17:01:33

चीनको शन चन आर्थिक विशेष क्षेत्र स्थापनाको ४० औँ वार्षिकोत्सव समारोह अक्टुबर १४ तारिख बिहान शन चनमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी र देशका सर्वोच्च नेता सी चिनफिङले समारोहमा सहभागी हुँदै महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सो सम्मेलनको उद्देश्य तथा विशेष आर्थिक क्षेत्रको निर्माणको अनुभव निष्कर्श व्यक्त गर्नुका साथै अझ उचाइमा सुधार र खुलापनलाई पुर्याउनुपर्ने मानिन्छ।

शन चन चीनमा सबैभन्दा पहिले स्थापित विशेष आर्थिक क्षेत्र हो। जुन चालीस वर्षको अवधिमा सिमानामा रहेको एउटा सानो गाउँबाट अन्तर्राष्ट्रिय शहरमा परिणत भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले प्रेरक शक्तिद्वारा भरिएको शन चनले विश्वलाई चीनको सुधार तथा खुलापनको महान शक्ति र चिनियाँ विशेषतायुक्त समाजवादको उज्ज्यालो भविश्य देखाएको व्यक्त गर्नुभएको छ।

सार्वजनिक तथ्याङ्क अनुसार, विगत चालीस वर्षको अवधिमा शन चनको कूल गार्हस्थ उत्पादन मात्रा हरेक वर्ष सरदर २०.७ प्रतिशतले बढेको छ। शन चनको कूल गार्हस्थ उत्पादन मात्रा एसियाली शहरहरुमध्येको पाँचौं स्थानमा रहेको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शन चनले नयाँ विकासको अवधारणालाई निरन्तरता दिनुपर्ने, अझ गुणस्तरीय, अझ प्रभावकारी, अझ न्यायसंगत, अझ दिगो र अझ सुरक्षित विकास गर्नका लागि प्रयास गर्नुपर्ने बताउनुभएको छ।

शन चन आर्थिक विशेष क्षेत्रको भावी विकास अझ उच्च स्तरीय समाजवादी बजारमूलक आर्थिक व्यवस्थाको चाहनामा भर पर्नुपर्ने कुरामा जोड दिँदै राष्ट्राध्यक्ष सीले शन चनलाई दृढताका साथ सम्पूर्ण रुपमा खुलापनको विस्तार गर्दै अझ उच्चस्तरीय खुलस्त आर्थिक नयाँ व्यवस्थाको निर्माण गर्न निर्देशन पनि दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी र चीनका सर्वोच्च नेता सी चिन फिङले सुखमय जीवन बिताउने जनताको अपेक्षा नै चिनियाँ कम्युनिष्ट पार्टीको आफ्नो लक्ष्य तथा उद्देश्य रहेको भन्दै विशेष आर्थिक क्षेत्रको विकासका लागि यस लक्ष्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।

सी चिन फिङले विशेष आर्थिक क्षेत्रको ४० वर्षसम्मको निर्माण विश्वका विभिन्न मुलुकहरुको संयुक्त सहभागीतासँग घनिष्ट सम्बन्ध रहेको र यसले विश्वका मुलुकहरुको विकासका लागि फराकिलो चौतारो प्रदान गरेको बताउनुभएको छ। साथै सम्बोधनको क्रममा राष्ट्राध्यक्ष सीले चीनको विशेष आर्थिक क्षेत्रको सुधार तथा विकासमा अझ बढी संलग्न हुन विभिन्न मुलुकहरुलाई स्वागत पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु