फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ#तिब्बतको सुखमय बाटो अझै फराकिलो हुने

(GMT+08:00) 2020-10-17 16:00:50

चीनको राज्य परिषदको प्रेस कार्यालयले अक्टोबर १५ तारिख तिब्बतको ल्हासामा पत्रकार सम्मेलनको आयोजना गरेको छ। थाहा भएअनुसार, सन् २०१९को अन्त्यसम्म तिब्बतका ७४ वटा गरिब जिल्ला गरिब जिल्लाको नामावलीबाट हटाइएका छन्। ६ लाख २८ हजार गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भए। तिब्बतका प्रति व्यक्तिको आम्दानी सन् २०१५को अन्त्यसम्मको १४९९ चिनियाँ युआनबाट बढेर सन् २०१९को ९३२८ चिनियाँ युआन पुगेको छ। तिब्बतले गरिबी उन्मूलन गरेको छ। तिब्बतले यो राम्रो सूचना प्राप्त गर्नुको कारण तिब्बतको विभिन्न जातिका जनताले सक्दो प्रयास गर्नु र केन्द्रीय सरकार र तिब्बत सहयोगी प्रान्त र नगरपालिकाको समर्थन हो।

पहिलो, तिब्बतले व्यवसायमार्फत गरिबी निवारण अगाडि बढाएको छ। तिब्बतले जौ र याकको प्रधानतामा रहेका छ वटा व्यवसायको विकास गरेको छ। सन् २०१६देखि तिब्बतले गरिबी निवारणका लागि विशेष व्यवसायमा ३९ अर्ब ८९ करोड चिनियाँ युआन लगाएको, २९८४ वटा सहायता परियोजना कार्यान्वयन गरेको छ भने २ लाख ३८ हजार गरिब वासिन्दालाई गरिबीबाट मुक्तिका लागि सघाएको छ। ८ लाख ४ हजार जना वासिन्दा विशेष व्यवसायबाट लाभान्वित भएका छन्। दोस्रो, गरिबी निवारणका लागि गरिब वासिन्दालाई बस्दैआएको असुविधाजनक घरबाट रामो तथा सम्पन्न आधारभूत पूर्वाधार क्षेत्रमा सारिएको नीतिबाट गरिब किसान तथा पशुपालकले राम्रो जीवन बिताएका छन्। खुशीयालीको कुरा के हो भने गरिब किसान तथा पशुपालकले गरिब घर छोडेर पानी, विजुली, राजमार्ग, सञ्चार, इन्टर्नेट ढाकिने नयाँ आवासमा सरेका छन्। साथै व्यवसाय परियोजनामा भर भई किसान तथा पशुपालकले घर नजिकै रोजगार पाएका छन्। गरिब वासिन्दाको आधारभूत उत्पादन तथा जीवन आवश्यकताको प्रत्याभूति गर्ने सम्बन्धमा सरकारद्वारा तर्जुमा गरिएको नीतिले गरिब वासिन्दाको सामान्य जीवनको प्रत्याभूति गरेको छ।

साथै तिब्बतले गरिबी निवारण क्षेत्रमा प्राप्त गरेको स्पष्ट उपलब्धि केन्द्रीय सरकार र तिब्बतलाई सहायता दिने प्रान्त र नगरपालिकाको समर्थन र मद्दत छोड्न सकिँदैनथ्यो। हालसम्म तिब्बतलाई सहायता दिने ३१३ वटा परियोजना व्यवहारमा उतारिएको छ। तिब्बतलाई सहायता दिने १९ अर्ब ५२ करोड चिनियाँ युआनको रकम लगाइएको छ। सहायता दिनका लागि जम्मा १००४ जना चिकित्सक र १६७६ जना शिक्षक-शिक्षिका तिब्बत गए।

तिब्बतको गरिबी दर चीनको सर्वोच्च अनुपात घटेर हालको शून्यमा झर्नु ऐतिहासिक उपलब्धि हो। तिब्बत गरिबीबाट मुक्त भएको कुराबाट जनताले मुखमय जीवन बिताउनु सबैभन्दा राम्रो मानव अधिकार भएको कुरा प्रमाण गरिएको छ। भविष्यमा तिब्बतको विभिन्न जनताको मुखमय बाटो अझै फराकिलो हुने छ।

जानकारी तथा लेखहरु