फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षेनी २० लाखले राजधानी छोड्ने गरेकोमा यो दशैंमा जम्मा २ लाख मात्रै

(GMT+08:00) 2020-10-17 16:15:25

दसैँका लागि अग्रिम टिकट नखुल्ने भएको छ। यातायात व्यवसायीले कोभिड १९ का कारण यात्रुको चाप नभएकाले अग्रिम टिकट बुकिङ आवश्यक नभएको बताएका छन्। यातायात व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यले यातायात व्यवसायीका लागि दसैँ खल्लो भएको बताउनुभयो। सरकारले चैतदेखि गरेको लकडाउनका कारण ठप्प भएको व्यवसाय दसैँमा राम्रो हुने आशा गरिए पनि कोरोना संक्रमण बढ्दै जाँदा यात्रु नै नभएको उनीहरुको भनाइ रहेको नेपालखबर अनलाइनले जनाएको छ।

हिन्दू नेपालीहरुको महान् चाड दसैँ तिहार मनाउन उपत्यकामा अध्ययन, रोजगारी तथा व्यवसायका लागि आएका अधिकांश मानिस आफ्नो गाउँ जाने गरेका थिए। कोभिड १९ का कारण चैतमा लकडाउन हुने भनेपछि अधिकांश विद्यार्थी गाउँ/घरमै छन्। शैक्षिक संस्था चले पनि अनलाइनमार्फत अध्ययन भइरहेकाले विद्यार्थीलाई काठमाडौं फर्किनपरेन।

'पहिला दसैँमा २० लाख उपत्यका छाड्थे, अहिले दुई लाख मात्रै' यातायात व्यवसायीका अनुसार सामान्यतया दसैँको समयमा २० लाखले उपत्यका छाड्ने गरेका थिए। केही दसैँ मनाएर काठमाडौं फर्किने गर्थे भने केही तिहार÷छठपछि मात्रै फर्किने गरेका थिए। सरकारले कोभिड १९ को जोखिम रहेको भन्दै सुरुमा ५० प्रतिशत मत्रै यात्रु बोक्न पाउने निर्णय गरे पनि व्यवसायीले जहाजले शतप्रतिशत यात्रु बोक्दा बसलाई किन ५० प्रतिशत भन्दै सरकारलाई पश्न गर्दै आएका थिए।

जानकारी तथा लेखहरु