फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि विदेशी राजदूतहरूद्वारा चीनको गरिबी मुक्ति उपलब्धिको निरीक्षण

(GMT+08:00) 2020-10-17 16:54:27

चीनको ७औं राष्ट्रिय गरिबी निवारण दिवस र संयुक्त राष्ट्र संघको २८औं अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवसको उपलक्ष्यमा एक सय मुलुकका चार सय जना राजनैतिक पार्टीका प्रतिनिधि, चीनका लागि राजदूत, विद्वानले चीनको फु चेन प्रान्तीय फु चौ शहरमा अनलाइन र अफलाइनको तरीकामार्फत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सम्पर्क आयोग र चिनियाँ कम्युनिष्ट पार्टीको फु चेन प्रान्त समितिद्वारा आयोजना गरिएको गरिबी मुक्ति र राजनैतिक पार्टीको जिम्मेवारसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिएका छन्।

उक्त गोष्ठीमा सहभागी अतिथिहरूले गरिबी मुक्ति र मानवको दिगो विकास, चीनको गरिबी निवारण र अन्तर्राष्ट्रिय गरिबी न्यूनीकरण कार्यआदि विषयहरूबारे छलफल गरेका छन्। राजदूतहरूले सीसीटीभीसँग अन्तर्वार्ता दिँदै चीनको सफल गरिबी मुक्ति ढाँचाले विश्वका अरु मुलुकलाई सिक्ने ढाँचा उपलब्ध गराएको, चीनसँग सहयोग गर्ने आशा लिएका कुरा बताएका छन्।

चीनका लागि पाकिस्तानी राजदूत मोयन उलहकले चीनको सफलताबाट सिक्न सकिने, गरिबी मुक्तिलाई राष्ट्रिय नीतिको पहिलो स्थानमा राख्नुपर्ने कुरा बताउनुभयो। उहाँले चीन र पाकिस्तान राम्रो मित्र हुन् भन्दै दुई मुलुकले सामाजिक तथा आर्थिक विकास र गरिबी उन्मूलनका क्षेत्रमा सहयोग गरिसकेका कुरा बताउनुभयो।

चीनका लागि इजिप्टका राजदूत मोहामेद अलबाद्रीले चीनको गरिबी मुक्ति अनुभव सिक्न निकै हितकर हुने बताउँदै यो पनि चीनका लागि विभिन्न मुलुकका राजदूतहरूका एउटा काम भएको बताउनुभयो।

जानकारी तथा लेखहरु