फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# कृषि उत्पादनबाट किसानहरूको आयमा वृद्धि

(GMT+08:00) 2020-10-17 17:54:45

शरद ऋतुको समयमा चीनको विभिन्न क्षेत्रका किसानहरु ज्यादै व्यस्त हुन्छन्। उनीहरु यस अवधिमा विभिन्न थरिका तरकारी तथा फलफुलहरु टिप्न व्यस्त हुन्छन्।

शान तोङ प्रान्तको शौ क्याङ शहरको बन्दा ज्यादै मीठो छ। चिसो महिनामा मानिसहरु बन्दा खान ज्यादै मन पराउँछन्। हाल शौ क्याङ शहरमा किसानहरु राम्रो गुणस्तरीय बन्दा टिप्दै छन्। उनीहरु ज्यादै व्यस्त र खुशी देखिन्छन्।

यसै गरी युन नान प्रान्तले ग्रामिण क्षेत्रको पर्यटन विकासमार्फत स्थानीय किसानहरुको आम्दानी वृद्धि गर्ने नीति अपनाउँदै आएको छ। युन नान प्रान्तको है स्यान रन तुङ नामक गाउँ क्षेत्र पहिले गरिब थियो। केही वर्षयता पर्यटनको विकासमार्फत त्यहाँका किसानहरुको आम्दानी प्रति वर्ष प्रति व्यक्ति चालिस हजार चिनियाँ युआन पुगेको छ।

यस्तै गरी ह पै प्रान्तका किसानहरुको कृषि उत्पादनबाट आम्दानीमा वृद्धि भएको छ। ह पै प्रान्तले ग्रामिण क्षेत्रमा ग्रीन हाउससँगै निर्माण गरेका होमस्टेहरू पनि निकै आकर्षक छन्। पर्यटकहरुलाई यहाँ फलफुल टिप्ने कार्यक्रम पनि छ। यस्ता विभिन्न तरिकाहरुबाट चालिस हजार किसानहरुको आम्दानीमा वृद्धि भएको छ।

क्वी चौ प्रान्तको किसान छई मीङ फाङले ईन्टरनेटमार्फत गेडागुडी र मकैहरु विक्री गरेका छन्। धेरै वर्षको अनुभव सङ्गालेका उनलाई ईन्टरनेटले फाइदा पुर्याएको छ। उनका अनुसार धेरै वर्षअगाडि शहरका बासिन्दाहरुलाई ग्रामिण क्षेत्रबारे केही जानकारी थिएन । त्यसबेला उनका लागि आलु, मकै लगायतका उत्पादन विक्री गर्न ज्यादै कठिन थियो। तर केही वर्षदेखि भएको ईन्टरनेटको विकासले ग्रामिण आलु र मकैको विक्री धेरै सजिलो भएको छ।

त्यसैले, हाल पूरा समाजको विकास हुनुका साथै ग्रामिण क्षेत्रको जीवनमा पनि धेरै सुधार र विकास भएको छ। साथै विभिन्न उपायमार्फत किसानहरुको आम्दानी बढाउन सहयोग गर्नु आवश्यक पनि छ।

जानकारी तथा लेखहरु