फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# चीनको गरिबी निवारणले विश्व गरिब निवारण प्रक्रियालाई अघि बढाउँदै

(GMT+08:00) 2020-10-18 15:06:10

सन् २०२० चीनको लागि सम्पन्न समाजको चौतर्फी निर्माण तथा गरिबी निवारण पूरा गर्ने वर्ष हो। सातौं चीन राष्ट्रिय गरिबी सहयोग दिवस तथा २८ सौं अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस आएको उपलक्ष्यमा चीनले गरिबी निवारणको अन्तिम प्रयास गरिरहेको छ।

चीनमा सुधार तथा खुलापन लागू भएको ४० वर्षमा लगभग ८० करोड चिनियाँले गरिबीबाट मुक्ति पाएका छन् जुन संख्या विश्वमा गरिबी न्यूनीकरणको कूल जनसंख्याको ७० प्रतिशतभन्दा बढी पुगेको छ। सन् २०१२-२०१९को अन्तसम्मको अवधिमा चीनमा गरिब दर १०.२-०.६प्रतिशतसम्म घटाइएको छ। चालू वर्षमा चीनमा अत्यधिक गरिबी अवस्थाको उन्मूलन कार्य पूरा भएपछि चीनले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धि गरिबी निवारण लक्ष्य २०३०लाई निर्धारित समयभन्दा १० वर्षअघि नै पूरा गर्ने छ जसबाट विश्व गरिबी निवारण कार्यमा ठूलो योगदान दिइने छ।

नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले भन्नुभए जस्तैः चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको गरिबी निवारण कार्यमा प्रशस्त काम गर्नुभएको छ। उहाँले गरिबी क्षेत्र पुगेर गरिबी निवारण कार्य सम्बन्धि निर्णय तथा बन्दोबस्त तत्स्थानमै गर्नुभएको छ। उहाँले सर्वसाधारणहरूको खानेलाउने, यातायात, आधारभूत शिक्षा, चिकित्सा सेवा लगायतका समस्याको समाधान गर्नुभएको छ। उहाँले चिनियाँ गरिबीको जीवनस्तरलाई उकास्न एकदम धेरै र सम्मानिय प्रयास गर्नुभएको छ। उहाँको नेतृत्वमै चीनले गरिबी निवारण क्षेत्रमा ठूलो प्रभावकारी उपलब्धि हासिल गरिरहेको छ। यसै सन्दर्भमा नेपालसँग सिमा जोडिएको तिब्बत एउटा ताजा नमूना भन्न सकिन्छः सन् २०१९को अन्तसम्म तिब्बतमा अति गरिबी अवस्था उन्मूलन गरिसक्यो र यो नै चीनले सिर्जना गरेको अर्को चमत्कार हो।

सीको नेतृत्वमा भइरहेको गरिबी निवारण कार्यबाट चिनियाँहरूलाई लाभान्वित मात्र होइन जसबाट मानवजातिको गरिबी प्रतिरोधी प्रक्रियालाई पनि अघि बढाइएको पाइन्छ। सन् २०१५को सेप्टेम्बरमा आयोजित संयुक्त राष्ट्र संघ स्थापित भएको ७० सौं वार्षिकोत्सव शिखर सम्मेलनमा सीले चीन सरकारको तर्फबाट विकासोन्मुख मुलुकको आर्थिक विकास, जनजीवन सुधार गर्ने श्रृंखलाबद्ध कदमहरू प्रस्तुत गर्नुभयो। तीमध्ये 'दक्षिण-दक्षिण सहयोग कोष'को स्थापना, अति अविकसित मुलुकमा थप लगानी तथा दक्षिण-दक्षिण सहयोग तथा विकास संस्थाहरूको स्थापना लगायत रहेका छन्। यसका साथै सन् २०१३ यता, चीनले बेल्ट एण्ड रोड प्रस्तावमार्फत् सम्बद्ध मुलुकमा रोजगारीको बढावा, जनजीवनको सुधार गर्न सहयोग दिइरहेको छ। चीनको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, महामारीको प्रभाव परेतापनि सन् २०२०को जनवरी-जुलाईसम्मको अवधिमा चिनियाँ व्यवसायले बीआरआई सम्बद्ध ५४ वटा मुलुकको गैर-मौद्रिक क्षेत्रको प्रत्यक्ष लगानीमा संलग्न कूल रकम ७२ अरब १८ करोड चिनियाँ युआन भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३३.२ प्रतिशतले वृद्धि भएको छ। विश्व बैंकको एक प्रतिवेदनमा यसरी लेखिएको छः बीआरआई प्रस्तावबाट सम्बद्ध मुलुकका लगभग ७६लाख जनतालाई गरिबी अवस्थाबाट मुक्त पारिएको छ साथै अन्य ३ करोड २० लाख जना मझौला खालका गरिबबाट मुक्त पारिएको छ।

गरिब विरोधी चीनको संघर्षबाट विश्वका लागि आश्चर्यजनक विजय हासिल भएतापनि वास्तवमा चीनको लागि गरिबी निवारण अन्तिम बिन्दु होइन बरू नयाँ जीवन र नयाँ संघर्षको शुरूआत हो। सन् २०२०को अन्तमा सम्पूर्ण गरिब जनसंख्या गरिब अवस्थाबाट मुक्त पारिने सम्पन्न समाजको चौतर्फी निर्माण लक्ष्य पूरा पारेपछि चीनले विकासको अर्को विशाल लक्ष्यतिर लम्कँदै जाने छः अर्को १५ वर्षमा समाजवादी आधुनिकीकरणको आधारभूत रूपमा पूरा गर्नु रहेको छ। यसका साथै चीनले अझ बढी विकासोन्मुख मुलुकलाई गरिबी मुक्त पार्न सहयोग दिँदै जाने छ र दिगो विकासको बाटोमा सँगसँगै हातमा हात मिलाएर साझा समृद्धि हुने भविष्यको सिर्जना गर्दै जाने छ।

जानकारी तथा लेखहरु