फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशीका लागि नेपालमा पर्यटनको चासो

(GMT+08:00) 2020-10-18 15:24:02

लामो समयपछि बाह्य पर्यटकका लागि नेपाल खुला भएकै दिन एउटा हाइप्रोफाइल टोली हिमाल आरोहण गरी काठमाडौं फर्केको छ। बहराइनका राजकुमारको १८ सदस्यीय टोलीले सोलुखुम्बुस्थित छ हजार ११९ मिटर अग्लो लोबुच्चे र गोरखाको मनास्लु (आठ हजार १६३ मि.)को सफल आरोहण गरेर काठमाडौँ फर्किएपछि पर्यटकको चासो बढेको छ।

सरकारले शनिबारदेखि विदेशीका लागि नेपाल भ्रमण खुला गर्ने घोषणा यसअघि नै गरिसकेको छ । सोहीअनुसार विशेष गरी आगामी सिजनमा पर्वतारोहण गर्न चाहनेले सोधपुछ गर्न थालेका छन् । सेभन समिटका तासी लाक्पा शेर्पाका अनुसार करिब दुई सय पर्वतारोहीले पर्वतारोहणको चासो देखाएर प्रक्रिया अगाडि बढाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसनका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार विदेशीका लागि नेपाल आउन खुला भए पनि अत्यन्तै थोरै सङ्ख्यामा मात्र आउन चाहने देखिएका छन्।कोभिड–१९ का कारण सरकारले तय गरेको प्रोटोकल अत्यन्तै झन्झटिलो भएकाले पनि पर्यटक निरुत्साहित भएको उहाँको भनाइ छ। नेपाल पर्यटन बोर्डका अनुसार पदयात्राका लागि नेपाल आउने विदेशीका लागि भिसा सिफारिस गर्दा विभिन्न नौ बुँदे सर्त पूरा गर्नुपर्ने छ। यसमा पदयात्रीको पासपोर्ट प्रतिलिपि, नेपाल आगमन हुने मिति, पदयात्राको तालिका, नेपालमा सात दिनका लागि होटल बुकिङ गरेको कागजात, पदयात्रीको कम्तीमा पाँच हजार डलर बराबरको कोरोना बीमा गरेको कागजात, पर्यटकका लागि टिम्स कार्ड र नम्बर सेवामा संलग्न हुने नेपाली सहयोगीको नामावली, कोरोना बीमालगायतको प्रोटोकल तय गरिएको गोरखापत्र अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु