फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार

(GMT+08:00) 2020-10-18 15:26:55

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो।

तीमध्ये पनि काठमाडौं जिल्लाका मात्रै ४३ हजार ३०६ जना छन्। यसैगरी ललितपुरमा ६ हजार ९० र भक्तपुरमा ४ हजार २९० जना संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा छ। तर संक्रमितमध्ये हालसम्म २५ हजार ९७४ जना निको भएका छन् भने १ सय ५६ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार १७६ सक्रिय संक्रमित छन्। यस्तै ललितपुरमा संक्रमितमध्ये ३ हजार ३५० जना निको भएका छन् भने ४७ जनाको मृत्यु भएको छ। ललितपुरमा अहिले सक्रिय संक्रमित २ हजार ६९३ जना छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा संक्रमितमध्ये ३ हजार ३७ जना निको भइसकेका छन् भने ३९ जनाको मृत्यु भएको छ। हाल भक्तपुरमा १ हजार २१४ जना सक्रिय संक्रमित रहेको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु