फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाडपर्वमा पनि मुख्य व्यापारिक क्षेत्र यतिबेला सुनसानजस्तै

(GMT+08:00) 2020-10-18 15:28:30
चाडपर्व नजिकिँदै गर्दा सधैजसो किनमेल गर्नेको चहलपहल र भीडभाड लाग्ने मुख्य व्यापारिक क्षेत्र यतिबेला सुनसानजस्तै देखिन्छ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभावले बजार पसल सुनसान बनेका हुन् । किनमेल गर्नेको चहपहल हुने उपत्यकाका व्यापारिक क्षेत्रमा सामान खरिद गर्ने ग्राहक जान डराउने गरेका छन् भने उपभोक्ताको क्रयशक्ति पनि घटेको कारोबार अनलाइनले जनाएको छ।

दसैंअघि लत्ताकपडा तथा खाद्यान्नसहित सवारीसाधन र मोबाइललगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन गरे पनि यस वर्ष बजार सुनसान देखिन्छ । अघिल्ला वर्ष बजार पसलमा ग्राहकको बढी नै भीडभाड लाग्ने गरेको थियो । तर यसपटक बजार खुला भएपनि कोरोना भाइरसको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ।

प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा सडकपेटीदेखि ठूला डिर्पाटमेन्टल स्टोरमा सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको थियो । तर यो वर्ष कोरोना भाइरसले गर्दा आम्दानी नहुँदा सामान किनमेल गर्ने ग्राहक नै नभएको व्यवसायीको भनाइ छ । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोरोना भाइसले व्यापारमा ठूलो असर परेको बताउनुभयो।

उपत्यकाका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक, सिभिल मल, वल्र्डट्रेड सेन्टर, भाटभटेनी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका अन्य व्यापारिक क्षेत्रमा कारोबार बढ्न सकेको छैन । होलसेल बजारमा ५० प्रतिशत व्यापार भए पनि खुद्रा पसलमा व्यापार कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ।

जानकारी तथा लेखहरु