
अक्टोबर १४ तारिख एप्पलले आफ्नो पहिलो ५-जी मोबाइल फोन अर्थात् आईफोन-१२ सार्वजनिक गरेको छ। तर अमेरिकी सञ्चारमाध्यमले मोबाइल फोन बजारको पहिलो नेतृत्वकर्ता एप्पलमाथि चिसो पानी खन्याइदिएको छ। किनकि अमेरिकी पत्रकारले ५-जी नेटवर्कको गति परीक्षण गर्दा यस्तो नतिजा देखाएको छ कि ४-जीको तुलनामा अमेरिकाको ५-जी नेटवर्कको गतिमा खासै वृद्धि भएको छैन। साथै केही ठाउँमा ५-जीको गति अझ ढिलो छ। त्यसैले अमेरिकी सञ्चार माध्यमले यस्तो निश्कर्ष प्राप्त गरेका छन् कि प्रायः अमेरिकीहरुका लागि ५-जी नेटवर्कको अवस्थामा आईफोनमा ५-जी तुरून्त कार्यान्वयन गर्न सकिदैन। सञ्चार माध्यमले यसलाई "गाउँको बाटोघाटोमा फरारि गाडी चलाउनु' जस्ता उपमा प्रयोग गरेका छन्।

वास्तवमा, आधिकारिक गति मापन कम्पनीको डाटाअनुसार हालसम्म अमेरिकी ५-जी नेटवर्कको गति विश्वमा अन्तिम दोस्रो स्थानमा रहेको छ।
अमेरिकी ५-जी नेटवर्कको पछाडि पूर्वाधार मात्र होइन, मापदण्डको निर्माणदेखि प्रतिलिपि आवेदन र उपकरणको निर्माण गरी सबै पक्षमा चीनभन्दा पछि परेको कुरा एउटा निर्विवाद तथ्य हो।
यस अवस्थाका सामु सधैं पहिलो स्थानमा पर्नुपर्ने अमेरिका सरकारले अनुसन्धानद्वारा आफ्नो प्रविधिको विकास गर्न नसक्नुका साथै जनतालाई सेवा दिन अझ राम्रो प्रविधि भित्र्याउन पनि स्वीकार गर्न सक्दैन। उसले अनुचित प्रशासनिक कदमद्वारा प्रतिस्पर्धालाई दबाब दिने तरीका छनोट गरेको छ। अमेरिकाले निराधार रूपमा चीनको ह्वावै कम्पनी नाकाबन्दी गरेको कुरा सबैलाई थाहै छ। त्यसका साथै अमेरिकी राजनीतिज्ञहरूले अझै पनि अन्तर्राष्ट्रिय जगतमा चीनको बदनाम गर्न यथाशक्य प्रयास गरिरहेछन्। यसै वर्ष अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले युरोप, मध्य पूर्व वा ल्याटिन अमेरिकाको भ्रमण गर्दा विभिन्न झुटमार्फत् चीनको ५-जी प्रविधि त्याग्न उक्साउनुभएको थियो।
तर जापानी सञ्चारमाध्यमले जनाएअनुसार, दुवै जापानका र दक्षिण कोरियाली चिनियाँ कम्पनीलाई दूरसंचार नेटवर्कको निर्माणबाट अलग्याउने अमेरिकाको योजनामा सामेल नहुने बताएका छन्।

केही अमेरिकी राजनीतिज्ञहरुका लागि यो चेतावनी छ: 'यदि तपाईंले आफ्नो आँखा र कान बन्द गरेर प्रतिस्पर्धालाई अस्वीकार गर्नु भनेको अन्तत: आफैमाथि धोका हो। तपाईंका सबै षड्यन्त्र र अनुचित तरिका अन्तत: सर्वसाधारणबाट बुझिनेछ।'
यदि तपाईंले निरन्तर रूपमा दबाबको कूटनीति र जबरजस्ती तथा प्रलोभनको तरीका अपनाएमा अन्ततः अन्तर्राष्ट्रिय जगतबाट एक्लिने निश्चित छ।