फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ ओलम्पिक खेलकुदसँगै सम्पदामा सुधार

(GMT+08:00) 2020-10-19 15:47:11

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समिति शौ काङ उद्योग पार्कमा रहेको छ। सो पार्कमा प्रशस्त हरिया स्थल र स्वच्छ पोखरीको निर्माणबाट जीवन्त शक्ति थपेको छ। भर्खरै निर्मित ओलम्पिक भवन, सेवा भवन र पुराना इस्पात उत्पादनका भट्टीहरू, ग्याँस ट्याङ्क र यातायात कोरीडोरसँगै मिलेर एउटा सुन्दर दृश्य बनेको छ।

शौ काङ कारखाना चीनको उत्तरी भागमा रहेको सबैभन्दा पुरानो फलाम र इस्पात उद्योगहरुमध्येको एक थियो। सन् २००८ को ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आयोजना गर्नका लागि पैचिङले शहरको वातारणप्रति अरु उच्च मांग प्रस्तुत गरी पैचिङको पश्चिमी भागमा रहेको शौ काङ कारखानालाई शहरी क्षेत्रबाट अन्यत्र सारेको थियो। २०२२ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे प्यारा ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेपछि पैचिङले हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको कार्यालयलाई शौ काङ पार्कमा खडा गर्ने निर्णय गरेको थियो। उत्पादन स्थगित गरिएको कारखाना क्षेत्रको सुधार गरेर हाल शौ काङ उद्योग पार्क बनाइएको हो। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिको सम्पदा कार्यालयका प्रमुख लिउ सिङ ह्वा जानकारी दिँदै भन्नुहुन्छ,

शौ काङ उद्योग पार्कको सुधार "खेलकुद जोड"को ढंगमार्फत गरिएको हो। "खेलकुद जोड विज्ञान र प्रविधि", "खेलकुद जोड संस्कृति" तथा "खेलकुद जोड बरफ र हिम उद्योग"को संयुक्त विकास गर्नुपर्छ। त्यसैले शौ काङ कारखानामा छोडका धेरै उपकरणहरु हाल आधुनिक कार्यालयका चिजहरु बनेको हामीले देखेका छौं।

त्यसका अतिरिक्त, ग्रीष्मकालीन ओलम्पिक खेलकुद र हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने एउटा मात्र शहरको रुपमा २०२२ हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुका उपयोग र निर्माणबारे पैचिङले अरु परिपक्व सोच-विचार गरी ओलम्पिक खेलकुदको सम्पदाको पूर्ण रुपमा उपयोग गरेको छ। लिउ सिङ ह्वा भन्नुहुन्छ,

हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्न हामीले वर्तमान रंगशालाहरुको पूर्ण रुपमा उपयोग गरेका छौं। विशेष गरी पैचिङ २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदका रंगशालाको प्रयोग गरिएको छ। यो पैचिङ शहरको आविष्कार हुनुका साथै २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको सम्पदाको उत्तराधिकार पनि हो। उदाहरणका लागि वाटर क्युबलाई कर्लिङ प्रतियोगिताको रंगशालामा परिणत गरिने र बर्ड नेस्टलाई आइस हकी प्रतियोगिताको रंगशालामा परिणत गरिने छ।

नयाँ रंगशालाको निर्माणको शुरुमा पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समितिले खेलकुदपछि रंगशालाको उपयोगबारे सोच-विचार गरेको थियो। पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत परिकल्पना निर्माण कार्यालयकी उप-प्रमुख क्वै लिनले रंगशालाका डिजाइनरहरुले धेरै उपाय खोजेर ओलम्पिक खेलकुदको सम्पदाको सकेसम्म पुन:प्रयोग गर्नखोजेको जानकारी दिंदै भन्नुहुन्छ,

उदाहरणका लागि विश्वमा राष्ट्रिय हिउँ कार र स्लेज केन्द्रका कूल १७ ट्रयाक छन्। विश्वमा नै प्रतियोगितापछि यी ट्रयाकहरूको प्रयोग एउटा अप्ठ्यारो समस्या हो। यस समस्याको समाधानका लागि हामीले सर्वप्रथम सम्पूर्ण ट्रयाकमा सूर्य किरणको प्रतिरोध गर्ने उपकरण राखेका छौं, जसबाट प्रतियोगितापछि ट्रयाकको संचालनका लागि आवश्यक खर्च घट्न सकिने छ। त्यसै गरी हामीले ट्रयाकको छेउमा एउटा होटेलको निर्माण गरेका छौं, होटेलको आयबाट ट्रयाकको खर्च वहन गर्नसकिनेछ।

हाल सम्पूर्ण रंगशालाहरुको निर्माण धुमधामसँग भइरहेका छन्। अत्याधिक रंगशालाहरुको निर्माण चालू वर्षको अन्त्यसम्म पूरा हुने र यी रंगशालाहरुमा २०२१ को फेब्रअरीदेखि अप्रिलमा परीक्षण प्रतियोगिता आयोजना गरिनेछ।

जानकारी तथा लेखहरु