फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पर्यटन बोर्ड र वायु सेवा निगमबीच पर्यटन प्रवर्द्धनमा सहकार्य

(GMT+08:00) 2020-10-19 16:47:32

नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच नेपालको पर्यटन प्रबर्द्धनका विभिन्न पक्षहरूका सम्बन्धमा सहकार्य गर्ने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा आइतबार नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी र नेपाल वायुसेवा निगम महाप्रबन्धक डीमप्रसाद पौडेलले हस्ताक्षर गर्नु भएको नेपाल समाज अनलाइनले लेखेको छ।

यो सम्झौताले अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने संयुक्त प्रबर्द्धनात्मक कार्य, परिचयात्मक भ्रमण, ब्रान्डिङ, नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय स्तरका पर्यटन सम्बन्धित कार्यक्रमहरु जस्ता विभिन्न क्षेत्रहरुमा सहकार्य गर्ने कुरा सुनिश्चित गरेको निगमले जनाएको छ।

जानकारी तथा लेखहरु