फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्रिकी मिडियाद्वारा अमेरिकी भ्रामक रिपोटको आलोचना

(GMT+08:00) 2020-10-19 17:13:05

गत मे महिनामा अमेरिकी वाशिंगटनस्थित हेरिटेच फाउन्डेशनले एउटा अफ्रिकी सरकारी भवन चिनियाँ जासुसी कार्यमा प्रयोग भएको जनाएको थियो। सो सम्बन्धी शीर्ष रिपोट सार्वजनिक गर्दै चीनले अफ्रिकामा १८६ वटा सरकारी भवन, सरकारका १४ वटा आन्तरिक सूचना नेटवर्क निर्माण गरेको तथा अफ्रिकाका ३५ वटा सरकारी कम्प्युटरहरू दिएको जनाएको थियो। चीनले ती काम मार्फत सरकारी सूचनाहरू प्राप्त गर्नुका साथै अमेरिकासमेतका अरू पश्चिमी मुलुकमाथि निगरानी गरेको पनि सो प्रतिवेदनमा उल्लेख छ।

हालै चीन-अफ्रिका सहकार्य मञ्च स्थापना भएको २० औँ बार्षिकोत्सवमा केही मिडिया र वेभसाइटले सो रिपोट फेरि एक पटक सार्वजनिक गरेका छन्। ती मिडियाहरूले उक्त झुट प्रतिवेदनमार्फत अफ्रिकी जनतालाई ठग्ने तथा चीन र अफ्रिकाबीचको मैत्रीपूर्ण सम्बन्धलाई क्षति गर्न खोजेको देखिन्छ।

नाइजेरियाको अधिकार नामक समाचारपत्रले अक्टोबर १२ तारिख "अमेरिकी हेरिटेच फाउण्डेशनको रिपोट-भ्रामक कथा" शीर्षकमा सम्पादकीय सार्वजनिक गरेको थियो। घानाको गौड बाटो व्यापार नामक समाचार पत्रले अक्टोबर १६ तारिख एउटा समीक्षा सार्वजकि गरेको छ। सो लेखमा अमेरिकी हेरिटेच फाउण्डेशनले सार्वजनिक रिपोटको कुनै वास्तविक तथ्य नभएको र अमेरिकाले केही बर्षयता अफ्रिकामाथि निगरानी गरिरहेको उल्लेख छ।

जानकारी तथा लेखहरु