फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु वर्षको तीन त्रैमासिक अवधिमा चीनको आर्थिक बृद्धि दर ०.७ प्रतिशतले बृद्धि

(GMT+08:00) 2020-10-19 18:42:19
अक्टोबर १९ तारिख चीनको राष्ट्रिय तथ्याङ ब्युरोले चालु वर्षको तीन त्रैमासिक आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ। गएका तीन त्रैमासिक अवधिमा चिनियाँ राष्ट्रिय उत्पादन कूल मात्रा ७२२ खर्ब ७८ अर्ब ६० करोड चिनियाँ युआन पुगेको छ। साथै गएको बर्षको सोही अबधिको तुलनामा ०.७%ले बृद्धि भएको देखिन्छ।

चालु बर्षको पहिलो त्रैमासिक अवधिमा चीनको आर्थिक विकास बृद्धि दर ६.८ प्रतिशतले घटेको थियो भने र दोस्रो त्रैमासिक अवधिमा गत बर्षको तुलनामा ३.२ प्रतिशतले बृद्धि भएको थियो। त्यसैगरी तेस्रो त्रैमासिक अबधिमा बृद्धि दर ४.९ प्रतिशतले वृद्धि भएको देखिन्छ।

उल्लिखित तथ्याङ्कबाट चीनको बजारको शक्ति बलियो बन्दैआएको पुष्टि हुन्छ। यसले नागरिकको रोजगारी सुरक्षित हुनसक्ने र आर्थिक विकास पुनरूत्थान हुँदै जाने सम्भावना पनि देखाएको छ।

जानकारी तथा लेखहरु