फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#समाचार सन्दर्भ# राष्ट्रिय सुरक्षा र हितको संरक्षण

(GMT+08:00) 2020-10-20 09:43:35

राष्ट्रिय सुरक्षा र हितको संरक्षण गर्नका लागि तेह्रौं राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको २२औं सम्मेलनले यसै अक्टोबर १७ तारिख《निर्यात नियन्त्रण कानून》पारित गरेको छ। सन् २०२० डिसेम्बर १ तारिखबाट औपचारिक रुपमा लागू हुने यस कानूनबमोजिम निर्यात नियन्त्रण कानूनको दुरुपयोग गर्दै चीनको राष्ट्रिय सुरक्षा र हितमाथि खतरा पुर्‍याउने कुनै पनि मुलुक वा क्षेत्रलाई चीनले वास्तविक अवस्थाबमोजिम कारवाही कदम चाल्ने छ। हाल आधुनिक प्रविधि क्षेत्रमा चीन र अमेरिकाबीचको प्रतिस्पर्धा दिन प्रतिदिन चर्कँदै गएको देखिन्छ। चीनले राष्ट्रिय सुरक्षाको संरक्षण गर्दै कानूनमार्फत संवेदनशील प्रविधिको निर्यातलाई सिमित गर्ने छ।

यस बाहेक निर्यात नियन्त्रण कानून चीनको राष्ट्रिय सुरक्षा र हितको संरक्षणको साथसाथै पश्चिमा मुलुकलाई पनि लाभदायी नै हुने छ। विशेष गरी अमेरिकाले राष्ट्रिय सुरक्षा र हित भन्ने भावार्थलाई अतिरञ्जित गरी यसलाई निहुँ बनाउँदै अन्य मुलुकलाई नाकाबन्दी गर्दैआएको छ। यस वर्ष अमेरिकाले श्रृँखलाबद्ध नियमबाट चीनको उच्च प्रविधि व्यवसायमा निर्यात नियन्त्रण लगाएको छ जसबाट निर्यात नियन्त्रण निहुँ नै अमेरिकाले चीनको उच्च प्रविधिमाथि प्रहार गर्ने एक रणनीति बनेको प्रतिबिम्बित भएको छ। यस पृष्ठभूमिमा सार्वजनिक गरिएको यस《निर्यात नियन्त्रण कानून》ले जटिल तथा गम्भीर विदेशी व्यापारिक चुनौतीको सामना गर्दे द्दढताका साथ राष्ट्रिय सुरक्षा तथा हितको संरक्षण गर्ने छ। धेरै कठिनाइहरू पार गरिसकेको चीनको विदेशी व्यापार कानूनी प्रणाली अझ धेरै उत्तम हुने छ। साथै वैदेशिक व्यवसायलाई सहकार्यमा साझा विकास गर्न चीनले स्वागत गरेको छ। तापनि आफ्नो राष्ट्रिय सुरक्षा र हितलाई खतरा पुर्‍याउने मुलुक वा क्षेत्रलाई चीनले द्दढताका साथ विरोध गर्ने छ।

जानकारी तथा लेखहरु