फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

माछापालनका लागि ५० वटा पोखरी बनाउँदै इलाम नगरपालिका

(GMT+08:00) 2020-10-20 16:31:10

 माछापालनमा प्रोत्साहनका लागि इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ। नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो। नगरको अनुदान सहयोग शीर्षकअन्तर्गत रकमबाट एउटा पोखरीका लागि रु ४० हजार अनुदान दिएर पोखरी निर्माण भएको नगरप्रमुख महेश बस्नेतले जानकारी दिनु भएको पोलार न्युज अनलाइनले लेखेको छ।

नगरका १२ वडामध्ये वडा नं ७ बाहेक बाँकी वडामा माछापोखरी निर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ। अनुदान सहयोग दिई लागत साझेदारीमा १६ मिटर लम्बाइ आठ मिटर चौडाइ भएको माछापोखरी निर्माण गरी व्यावसायिक माछापालन कार्यक्रम सञ्चालन गर्ने गरी विभिन्न समूह, फर्म र कृषकबाट आवेदन माग गरिसकिएको छ। माग गरिएकोमा नगरको बैठकमार्फत उपयुक्त माछापालन किसानसमेत छनोट गरिसकिएको छ भने ४० जना किसान वैकल्पिकमा परेका छन्।

"इलाम नगरपालिका–७ नं वडामा चाहिँ पोखरी भएको र नयाँ बनाउन उपयुक्त ठाउँ नभएकाले नदिएको हो", नगरका सूचना अधिकारी रामकुमार साहले भन्नुभयो, "सबै प्रक्रिया पूरा गरेपछि मात्र अनुदानको रकम दिन्छौँ। त्यसका लागि मापदण्डसमेत बनाइएको छ।" नगरमा माछापालनको प्रशस्त सम्भावना भए पनि सचेतना अभाव पालन नभएको सूचना अधिकारी साहको भनाइ छ। नगरमा माछा अन्य जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हल गर्नसमेत नगरले प्रोत्साहन गरेको साहले बताउनुभयो।

जानकारी तथा लेखहरु