फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा तीन महिनामा आयात घट्यो, निर्यात बढ्यो

(GMT+08:00) 2020-10-21 17:05:02

 चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा स्वदेशी वस्तुको निर्यात बढेको छ भने आयात घटेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनासम्मको निर्यातमा १४ प्रतिशतले वृद्धि भएकोमा आयात भने १२ प्रतिशतले घटेको कारोबार अनलाइनले लेखेको छ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को प्रभावले आयातमा १२ प्रतिशतले घटेर २ खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजार रुपैयाँको भएको विभागको तथ्यांकमा उल्लेख छ। गत वर्ष सोही अवधिमा ३ खर्ब ३४ अर्ब ९४ करोड ९३ लाख ६३ लाख रुपैयाँको निर्यात भएको थियो। कोभिडको कारणले अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुको आयातमा कमी हुँदा समग्र आयातमा कमी भएको हो। सो अवधिमा मुलुकबाट निर्यात भने १४ प्रतिशतले बढेर ३१ अर्ब ४६ करोड ९३ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांक छ। गत वर्ष सोही अवधिमा २७ अर्ब १६ करोड ६७ लाख ७० हजार रुपैयाँको निर्यात भएको थियो। कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अत्यावश्यक वस्तु बाहेकको अन्यको वस्तुको आयात बढ्न सकेको छैन।

मुलुकमा सवैभन्दा धेरै आयात हुने वस्तु पेट्रोलियम पदार्थ, सवारी साधनको आयातमा उल्लेख्य कमी आएपछि आयातमा कमी भएको विभागको भनाइ छ। कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको कारणले इन्धनलगायत अन्य वस्तुको आयात कम हुँदा समग्र आयात नै घटेको विभागको तथ्याङ्क छ।

आयात कम भएपछि मुलुकमा व्यापारघाटामा १५ प्रतिशतले कमी आएर दुई खर्ब ६१ अर्ब २२ करोड ३७लाख ६७ हजारमा झरेको विभागको तथ्यांक छ। अघिल्लो वर्ष सो अवधिमा ३ खर्ब ७७ अर्ब ८२ करोड लाख ५ लाख ९२ हजार व्यापार घाटा रहेको थियो। सो अवधिमा छिमेकी मुलुक भारतबाट १ खर्ब ९३ अर्ब ६२ करोड ४२लाख ६७ हजार रुपैयाँको आयात भएकोमा निर्यात २१ अर्ब ३३ करोड करोड ३७ लाख ५२ हजार रुपैयाँको भएको छ। साथै दोस्रो छिमेकी मुलुक चीनबाट ४३ अर्ब ३२ करोड ३१ लाख७७ हजार रुपैयाँको आयात भएकोमा निर्यात २१ करोड १५ लाख ६८ हजार रुपैयाँको भएको विभागको तथ्याङ्क छ।

यस्तै तीन महिनाको अवधिमा मुलुकमा सामान आयातबाट ८१ अर्ब ७१ करोड ४४ लाख ५० हजार रुपैयाँको राजस्व संकलन भएको विभागको तथ्यांक छ। अघिल्ला महिनाको तुलनामा आयात बढेकाले राजस्वमा समेत सामान्य बृद्धि भएको विभागको भनाइ छ।

जानकारी तथा लेखहरु