|
|
|
||
सडक मार्गबाट अघिल्ला वर्षको तुलनामा काठमाडौं उपत्यका छाड्नेको संख्या एक चौथाई मात्रै रहेका यातायात व्यावसायी तथा ट्राफिक प्रहरीले बताउँदै आएका छन्।
एयरलाइन्स कम्पनीले दशैंको समयमा समेत विमान भरिने गरी यात्रु नपाएको बताएका छन्। यति एयरलाइन्सका सुरक्षा प्रमुख तथा प्रवक्ता सुदर्शन बर्तौलाले ८० देखि ९० प्रतिशतसम्म यात्रु पाएको बताउनुभयो। पहिले यात्रुले अग्रिम टिकट बुकिङ गर्थे तर यो वर्षको दसैंमा जानै परे पनि १/२ दिन अघिमात्रै टिकट बुकिङ गर्ने गरेका छन्। नेपालमा आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा भएको बुद्ध एयरले दसैंमा यात्रु पाउनै मुस्किल रहेको बताएको छ।
नेपालखबर अनलाइनका अनुसार हवाई कम्पनीले दसैंको समयमा सार्वजनिक सडक यातायातभन्दा हवाई यातायात सुरक्षित हुने बताउँदै आएका थिए। हवाई कम्पनीले दसैंपछिको प्रि–बुकिङ पनि राम्रो नभएको बताएका छन्।
यति एयरलाइन्सले दैनिक २० उडान र बुद्ध एयरले ३५ उडान गरेको दाबी गरेका छन्। हवाई व्यवसायीले दसैंमा यात्रु नहुनुको कारण लकडाउनको समयमा अधिकांस आफ्नो घरमै रहेको र सरकारले सकेसम्म यात्रा नगर्न अनुरोध रहेको बताएका छन्।
अहिले दसैंपछिको प्रि–बुकिङ खासै राम्रो नभए पनि गाउँ गएका अधिकांश दशैं वा तिहारपछि शहर फर्कने हुँदा हवाई यात्री बढ्ने कम्पनीले विश्वास गरेका छन्।
यसैबीच हवाई कम्पनीले काठमाडौं–पोखरा १९ सय ९५ मै उडान गरिरहेका छन्। सामान्य अवस्थामा ८ हजार हवाई भाडा रहने काठमाडौं–धनगढी श्री एयरलाइन्सले ४२ सयमा र बुद्ध एयरले ४५ सयमा उडान गरेका छन्।
हवाई भाडामा एयरलाइन्सबीच प्रतिस्पर्धा हुँदा यात्रुको लागि भने फाइदा भएको छ। गत वर्षको दशैंमा ८ हजारसम्म भाडा रहेको काठमाडौं–विराटनगर अहिले २६ सयमै यति एयरलायन्स र बुद्ध एयरले उडान गर्दै छन्।
त्यसैगरी भैरहवाको भाडा पनि २६ सय रहेको छ। त्यसैगरी नेपालगन्जमा श्री एयरलाइन्सले ३५ सय र यति र बुद्धको ४ हजारमा उडान गरिरहेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |