नेताले तुरुन्तै तथा प्रभावकारी गतिविधि चालेर भाइरसको फैलावटलाई नियन्त्रणमा राख्नसक्छन्, तर पनि माहामारीलाई राजनीतिकरण गरेबाट अझ बढी मानवीय क्षति हुनेछ।
विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अढानोम घेब्रेयसुसले हिजो २६ तारिख आयोजना भएको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार राजनीतिक मतभेदसहित मुलुक वा विज्ञान तथा पेशागत व्यक्तिलाई सम्मान नदिने स्थलमा महामारी संक्रमित जनसंख्या बढने हुन्छ। उहाँले भन्नुभयो, 'नयाँ कोरोना भाइरस विश्वव्यापी फैलिएको घटना एकले अर्कोमाथि दोषारोपणबाट छुटकारा पाउने राजनीतिक खेल होइन।'
गत हप्ता सार्वजनिक भएको ग्लोबल प्रतिवेदनका अनुसार नयाँ कोरोना भाइरस संक्रमित जनसंख्याले महामारी भएदेखि यता नयाँ उच्च रेकर्ड सिर्जना गरेको छ। विशेष गरी युरोप र उत्तर अमेरिकामा गम्भीर अवस्थाका बिरामीको वार्ड क्षमताभन्दा बढी अवस्थामा कार्यरत हुनुपरेको छ।