फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै

(GMT+08:00) 2020-10-28 16:44:47
काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ । मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद शान्ति कँडेलले भन्नुभयो, 'तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ ।' अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उहाँले बताउनुभयो।

मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर। डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९.५ डिग्री सेल्सियस मापन भएको छ ।

पानी पर्यो भने पनि जाडो बढ्छ । तर अहिले तत्कालै पानी पर्ने सम्भावना भने नरहेको मौसमविद कँडेल बताउँछिन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको खबर अनलाइनखबरमा छ।

जानकारी तथा लेखहरु