
चीनको विकासका लागि पञ्च वर्षीय योजना चिनियाँ कम्युनिष्ट पार्टीले देशको सुशासन गर्ने र राजनीतिलाई व्यवस्थित पार्ने महत्वपूर्ण तरिका हुनुका साथै चीनको पाइलाको मूल्याङ्कन गर्ने मापदण्ड पनि हो।
सन् १९५३ मा नयाँ चीनले पहिलो पञ्च वर्षीय योजनाको कार्यान्वयन गरेको थियो भने यस वर्ष १३ औँ पञ्च वर्षीय योजना सम्पन्न हुन लागेको छ। के भन्नसकिन्छ भने प्रत्येक ५ वर्षले विविध अवधिको ऐतिहासिक घटनाको व्याख्या गर्नुका साथै चीन राष्ट्र क्रमश: सम्पन्न र शक्तिशाली बन्दै आएको महान प्रगतिको रेकर्ड पनि बन्दैआएको छ। प्रत्येक ५ वर्षले निरन्तर रुपमा पूरै विश्वमा विरलै देखिने द्रुत आर्थिक विकास र समाजको दीर्घकालीन स्थिरता सम्बन्धी चमत्कारको सिर्जना गर्दै आएको छ।
<< 1 2 >>