फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होङ्सी सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन साढे ५ हजार रूख काटिने

(GMT+08:00) 2020-10-29 15:48:54
नेपालको सबैभन्दा ठूलो होङ्सी सिमेन्ट उद्योगमा बिजुली पुर्‍याउन बर्दघाट–सर्दी १३२ केभीए प्रसारण लाइन निर्माणका लागि ५ हजार ६ सय रूख काटिने भएको छ  । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–२ सर्दीमा उद्योगको कारखाना छ । ३६ अर्ब रुपैयाँ चिनियाँ लगानीमा सञ्चालित होङ्सी सिमेन्ट उद्योगका लागि आवश्यक विद्युत् सरकारले दिनुपर्ने सहमति थियो । सोहीअनुसार १३२ केभीए प्रसारण लाइनको निर्माण सुरु भएको कान्तिपुर अनलाइनले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लगानीमा बर्दघाट नगरपालिकाको विद्युत् सबस्टेसनदेखि दाउन्ने, दुम्कीबास हुँदै १३२ केभीए प्रसारण लाइन उद्योगमा लैजानुपर्छ । प्रसारण लाइनको विस्तार गरिन लागेको क्षेत्रमा दाउन्ने धार्मिक वनको अधिकांश क्षेत्र पर्छ । बर्दघाटदेखि उत्तरतर्फको २० किलोमिटर पहाडी जंगल, दाउन्ने मन्दिर हुँदै सर्दीमा रहेको उद्योगमा विद्युत् पुर्‍याउनुपर्ने १३२ केभीए प्रसारण आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो।

उक्त प्रसारण लाइन निर्माणका लागि उद्योग मन्त्रालयले गत आर्थिक वर्षको बजेटमा ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो । २०७४ देखि निर्माण सुरु भएको बर्दघाट–सर्दी १३२ केभीए प्रसारण लाइन आयोजनामा ६६ वटा टावर निर्माण हुनेछन् । उक्त प्रसारण लाइनबाट तीन वटा विद्युत् सर्किट जानेछन् । जसमध्ये दुईवटा होङ्सी सिमेन्ट उद्योग र एउटा दुम्कीबास अनि सर्दीका स्थानीयका लागि लगिने योजना रहेको पाण्डेले बताउनुभयो।

जानकारी तथा लेखहरु