फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौधौँ पञ्च वर्षीय विकास योजनाबाट नेपाललाई फाइदा पुग्ने - चीनमा कार्यरत् नेपाली वैज्ञानिक

(GMT+08:00) 2020-10-30 18:04:00

चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठक अक्टोबर २९ तारिख पैचिङमा सम्पन्न भएको छ। सम्मेलनले चीनको चौधौँ पञ्च वर्षीय विकास योजना र सन् २०३५ को दीर्घकालीन लक्ष्य प्रस्ताव प्रस्तुत गरेको छ। प्रस्तुत योजनासम्बन्धमा चीनको सिआन मेडिकल यूनिभर्सिटीमातहत चाइना नेपाल फ्रेण्डसीप मेडिकल रिसर्च सेन्टरका निर्देशक वैज्ञानिक डा.राजिब कुमार झाले यस योजनाबाट चीन आधुनिक सामाजिक देशको रूपमा अग्रसर भएको बताए साथै उनले छिमेकी मुलुक नेपालले फाइदा लिने पर्याप्त आधारहरू उपलब्ध भएको पनि औंल्याएका छन्।  

उक्त बैठकले विज्ञान तथा प्रविधिलाई विशेष जोड दिएको बताउँदै डाक्टर झाले चिनियाँ परम्परागत औषधि तथा पश्चिमा औषधिलाई सँगसँगै लाने विषय समेटिएको बताए। उनले भने, २०१५ देखि नै मैले चिनियाँ परम्परागत औषधि तथा पश्चिमा औषधिलाई सँगसँगै लानका लागि वकालत गर्दैआएको थिएँ। अबको यस योजनामा नेपाल पनि परेको छ। किनभने गत वर्ष दुई देश बीच भएको सम्झौतामा नेपालको जडीबुटी क्षेत्रको प्रवर्द्धन गर्ने बुँदा छ। यसले गर्दा नेपाललाई फाइदा पुग्ने छ।

छिमेकी देशहरूलाई उच्च प्राथमिकता दिएको भन्दै चीनले गरिबी निवारणमा पाएको उपलब्धिबाट पनि नेपालले फाइदा उठाउने अवसर पाएको डाक्टर झाले बताए। उनले भने, कोरोना महामारीको अवस्थामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको देखिन्छ, यसकारण चीनको बेल्ट एण्ड रोडको माध्यमबाट नेपालमा पनि गरिबी निवारणको कार्य सम्भव छ। चीनको सामाजिक आर्थिक अवस्थाको छाप नेपाललाई अवश्य परेको छ र नेपालले सहकार्य गर्नसकेमा ५-१० वर्षमा गरिबी निवारणमा फड्को मार्नसक्ने छ। हाल चीनले पहिलेभन्दा खुलापन, समावेशी र बहूपक्षीयतालाई अङ्गालेको पनि डाक्टर झाको बुझाइ छ। उनी हालसालै मात्र चीनको 'ए' श्रेणीको प्रतिभामा छनोट भएका हुन्।

जानकारी तथा लेखहरु