फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल विद्युत् प्राधिकरणद्वारा स्मार्ट मिटर जडान कार्य तीव्र

(GMT+08:00) 2020-10-30 18:07:58
ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको स्मार्ट मिटर जडान कार्य तीव्रताका साथ अघि बढिरहेको प्राधिकरणले जनाएको छ । मिटर रिडर नपुगे पनि खपत विवरण जानकारी हुने सूचना प्रविधिमैत्री स्मार्ट मिटर जडान काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत जडान जारी छ ।

गत साउन २५ मा उद्घाटन गरिएको स्मार्ट मिटर जडान कार्य तत्काल रत्नपार्क केन्द्रअन्तर्गतका ग्राहकमाझ ल्याउने अन्तिम तयारी रहको प्राधिकरण स्मार्ट मिटरिङ महाशाखा प्रमुख रोशन न्यौपानेले जनकारी दिनुभयो । प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्दैछ ।

न्यौपानेका अनुसार अहिले मण्डिखाटार, सुकेधार, गोङ्गबु र धापासी क्षेत्रमा १२ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिसकिएको छ। दशैँलगत्तै रत्नपार्क वितरणसहितका बाँकी क्षेत्रमा जडान कार्य थाल्न लागिएको गोरखापत्र अनलाइनमा खबर छ।

पहिलो चरणको विद्युत् मिटरका लागि चीनको पिङ्गो र विसडम कम्पनीले ठेक्का प्राप्त गरेका थिए। सामान आपूर्तिलगायत प्रविधिक समस्या हालसम्म नपरेको न्यौपानेको भनाइ छ । करिब चार सय ग्राहकको प्रतिस्थापन गर्न भने समस्या आएको र त्यसबारे प्राधिकरण उच्च अधिकारीलाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो। स्मार्ट मिटरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि अनुमति आवश्यक पर्ने हुन्छ । मन्त्रालयबाट दोस्रो चरणका लागि रेडियो फ्रिक्वेन्सीको अनुमतिको प्रतीक्षामा प्राधिकरण छ।

जानकारी तथा लेखहरु