फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटक बढ्दै

(GMT+08:00) 2020-10-30 18:09:19
चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचिमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै पछिल्ला दिनमा भने आन्तरिक पर्यटककको आगमनले यहाँका पर्यटन व्यवसायीमा थोरै भने पनि आशा जगाएको छ।

विगतका वर्षमा दशैँ तिहारको समयमा पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतहीँ यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिने गरेको भए पनि पोखरा अहिले भने कोरोनाको कहरले जकडिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि आउने पर्यटकका कारण विगतमा जस्तो चहलपहल नदेखिए पनि पछिल्ला दिनमा पोखराको लेकसाइड र आसपासका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिएको नेपालसमाज डटकमले जनाएको छ।

लामो समयदेखि शून्यतामा रुमल्लिएको पोखरा दशैँ तिहारको आगमनसँगै केही मात्रामा भने पनि चहलपहलमय बनेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो।

जानकारी तथा लेखहरु