|
|
|
|||||||||
|
||
पछिल्ला दुई दिनमा, "ब्लूमबर्ग समाचार", "फर्च्युन पत्रिका" र अन्य अन्तर्राष्ट्रिय मिडियाले चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठकबाट सर्वसम्मतिले "सिर्जना" भन्ने शब्दलाई जोड दिएका छन्।

पूर्ण बैठकले अपनाएको "१४औं पञ्चवर्षीय योजना"को सुझावले चीनको आधुनिकीकरण अभियानको समग्र स्थितिमा सिर्जनाको मूल स्थितिमा जोड दिन, वैज्ञानिक र प्राविधिक आत्मनिर्भरतालाई राष्ट्रिय विकासको रणनीतिक समर्थनको रूपमा लिने र यसलाई सबै योजनागत कार्यको शीर्ष स्थानमा राख्ने प्रस्ताव गरेको छ। यसले चीनको भविष्यको विकासको लागि प्राविधिक सिर्जनाको ठूलो महत्वलाई प्रकाश पार्दछ।

वर्तमानमा चीनको आन्तरिक र बाह्य विकास वातावरण गहन परिवर्तन हुँदैछ। आन्तरिक रूपमा, नयाँ दिगो ऊर्जा स्रोतहरू भविष्यको आर्थिक विकासको लागि तत्काल आवश्यक छ। बाह्य दृष्टिकोणबाट, एकतर्फी र संरक्षणवादको उदयका साथ, विश्वव्यापीकरणका विरोधीले विश्वव्यापी बजारको वातावरणलाई गम्भीर क्षति पुर्याएका छन् र चीनले केही अत्याधुनिक प्रविधिका क्षेत्रमा लगातार गम्भीर अवस्थाको सामना गरिरहेको छ।

वास्तवमा प्राविधिक आविष्कारको खोजी भनेको चीनको अर्को पञ्चवर्षीय योजनाको सामग्री मात्र होइन, भविष्यमा दीर्घकालीन विकासको दिशा पनि।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||