फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्गकङ्गका प्रसिद्ध अभिनेता ज्याकी चेन

(GMT+08:00) 2014-01-06 18:33:27

     ज्याकी चेनको चिनियाँ नाम छङ्ग लोङ्ग हो। उहाँ सन् 1954को अप्रिल सात तारिखका दिन हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको हङ्गकङ्ग टापुको मध्य पश्चिमी प्रिफेक्चरमा जन्मनुभएको थियो। उहाँलाई सारा चीन अझ विशेषगरी समस्त एशियाको अभिनय मञ्चमा रहनुभएका एकजना साह्रै प्रसिद्ध कुङ्ग फु सुपरस्टार मानिन्छ।

      ज्याकी चेनले सन् 1960देखि चिनियाँ नाटक प्रतिष्ठानमा परम्परागत नाटक सिक्न थाल्नुभएको थियो। त्यसपछि उहाँले कुङ्ग फु प्रशिक्षकको हैसियतले चलचित्र मञ्चमा प्रवेश गर्नुभएको थियो। सन् 1978मा हङ्गकङ्गका प्रसिद्ध चलचित्र निर्देशक ऊ स युआनले निर्देशन गर्नुभएका दुईवटा चलचित्रमा अभिनय गरेपछि ज्याकी चेन क्रमश: प्रसिद्ध हुँदैआउनुभएको हो।

       सन्1994मा उहाँले अभिनय गर्नुभएको "होङ्ग फान छ्यु"नामक चलचित्रलाई अमेरिकामा प्रसारित गरिएपछि उहाँ समस्त अमेरिकामा लोकप्रिय बन्नुभएको थियो। त्यसपछि उहाँले सफलताका साथ हलिउडमा प्रवेश गर्नुभएको हो।

      सन् 1997मा हङ्गकङ्ग मातृभूमिमा समाहित भएको बेला पूर्व राष्ट्राध्यक्ष च्याङ्ग च मिनले हङ्गकङ्गमा आयोजित स्मृत्ति भोजमा ज्याकी चेनसँग भेटघाट गर्नुभएको थियो। राष्ट्राध्यक्ष च्याङ्गले ज्याकी चेनलाई शुभकामना व्यक्त गर्नुका साथै उहाँलाई "दाइ"भन्ने उपनाम पनि दिनुभएको थियो। त्यसपछि चलचित्र मञ्चभित्र वा बाहिरका गण्यमान्य व्यक्तिहरूले ज्याकी चेनलाई सौहार्दपूर्ण रुपमा"दाइ"भन्ने गरेका छन्।

      सन् 2007मा ज्याकी चेनलाई गणतन्त्र कोरियाका सर्वसाधारणले "चीनका दशजना ठूला मान्छे"को नामसूचिमा पनि राखेका थिए। त्यस सूचिमा उहाँ पूर्व अध्यक्ष माउ च तुङ्ग र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका पूर्व महासचिव तङ्ग स्याउ फिङ्ग पछि मात्र तेस्रो स्थानमा रहनुभएको छ।

      अनि सन् 2012को अगष्ट चौब्बीस तारिखका दिन "न्यूयोर्क टाइम्स"ले इतिहासमा रहेका बीसजना महान कुङ्ग फु सुपरस्टारको छनौट गरेको थियो। ती महान सुपरस्टारहरूमध्ये ज्याकी चेनले पहिलो स्थान ओगटनुभएको छ। सन् 2013 मा ज्याकी चेन चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्यमा नियुक्त हुनुभएको थियो।

      ज्याकी चेनले आफ्नो चलचित्रमा उच्चस्तरीय कुङ्ग फु देखाउनुका साथै आफ्नो विशेषतायुक्त हाँस्यशैली मार्फत् पर्दामा अभिनय गर्नुहुन्छ। उहाँले आफ्नो व्यक्तिगत ढाँचामार्फत देशी र विदेशी दर्शकलाई ज्यादै गहिरो छाप पार्नुभएको छ। यसका अतिरिक्त सामान्य जीवनमा उहाँले सक्रियताका साथ विभिन्न किसिमका सामूहिक हित-कल्याणसम्बन्धी गतिबिधिमा भाग लिनुहुन्छ। उहाँले सक्दो प्रयासमार्फत सहयोग खोजिरहेका विभिन्न मानिसहरूलाई मद्दत पुर्‍याउनुभएको छ। हालसम्म उहाँले अभिनय गर्नुभएका चलचित्रहरूबाट सारा विश्वमा सिर्जित कूल नाफा बीस अर्ब चिनियाँ युआनभन्दा बढी नाघेको छ।

      अब ज्याकी चेनको उमेर बढ्दै गएतापनि उहाँले विगतमा झैं मिहिनेतसँग चलचित्र मञ्चमा योगदान गर्दैआउनुभएको छ। आगामी दिनहरूमा उहाँले आफ्नो जीवनमा अझ राम्रो उपलब्धि प्राप्त गर्नसक्नुहुने भन्ने हाम्रो हृदयको कामना हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह