फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतका प्रधानमन्त्री बीच वार्ता

(GMT+08:00) 2014-11-14 10:15:49

      चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले 13 तारिख दिउँसो रंगुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट-वार्ता गर्नुभएको छ।

      प्रधानमन्त्री लीका अनुसार, चीनले भारतसँग व्यावहारिक सहयोगको स्तरलाई चौतर्फी रुपमा उकासेर अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा वैचारिक आदान-प्रदान र सहयोगलाई सबल पारी दुई मुलुक र सो क्षेत्रका अरबौं जनतालाई फाइदा पुर्‍याउने इच्छा लिएको छ। साथै प्रधानमन्त्री लीले मोदीलाई आगामी वर्ष चीनको भ्रमण गर्न निमन्त्रण गर्नुभएको छ।

      भारतीय प्रधानमन्त्री मोदीले भारत र चीनले एकापसको सहयोगलाई सबल पार्दैलगेमा दुई मुलुकका जनतालाई मात्र नभइ विश्वका लागि पनि उपलब्धिमूलक हुने व्यक्त गर्नुभएको छ। यथासम्भव छिटो चीनको भ्रमण गरेर दुई मुलुकको सम्बन्धलाई अझ विकास गर्ने आशा रहेको उहाँले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ