फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशियाली लगानी बैंकको संस्थापक बन्न 27 मुलुक इच्छुक

(GMT+08:00) 2015-03-06 18:16:22

हालसम्ममा 27 वटा मुलुकले एशियाली लगानी बैंकको संस्थापक सदस्य बन्ने इच्छा लिएको चीनका अर्थमन्त्री लौ ची वैले जानकारी दिनुभएको छ। उहाँले 6 तारिख बाह्रौं चिनियाँ राष्ट्रिय जन कंङ्ग्रेसको तेस्रो अधिवेशनद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

एशियाली लगानी बैंक चीनद्बारा प्रस्तुत गरिएको क्षेत्रीय तथा खुला बहुपक्षीय विकास संस्था हो। सर्वप्रथम सो क्षेत्रमा संस्थापक सदस्य खोज्नुका साथै सम्बन्धित क्षेत्रबाहिरका मुलुकको संलग्नतालाई पनि स्वागत गरिने मन्त्री लौले चर्चा गर्नुभयो।

उहाँका अनुसार, सर्वप्रथम क्षेत्रभित्र खुला हुने 27 मुलुकको सहमति हो। चीनको कार्यतालिका बमोजिम मार्च 31 तारिखअघि भाग लिने मुलुक संस्थापक सदस्य बन्न सक्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ